IME Life New

नेपालमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु, धुलिखेल अस्पताल सिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अपडेटः (4:35PM) स्वास्थ्य मन्त्रालयका प्रबक्ता विकास देवकोटाले सिन्धुपाल्चोककी २९ बर्षिय महिला बैशाख २५ गते टिचिङ अस्पतालबाट डिस्चार्ज गरेर फर्केकोमा घर पुगेपछि ज्वरो आउने, सास फेर्न समस्या हुने लगायतका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गरेको र नभएपछि धुलिखेल अस्पताल ल्याउँदा मृत्यु भएकोले कोरोना सम्बन्धी थप परिक्षण भइरहेको जनाएका छन् ।

………………………

Esewa
Crest

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसबाट एक जना महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, बाह्रबिसेकी ९ दिने सुत्केरी महिलाको कोरोनाबाट मृत्यु भएको हो । ति महिलाको कोरोना पोजेटिभ आएको धुलिखेल अस्पतालले जनाएको छ । यद्यपि काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पुनः नमुना परिक्षण भइरहेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरिसकेको छैन ।

एक साता अघि काठमाडौंको टिचिङ अस्पतालमा सुत्केर गराएर घर सिन्धुपाल्चोक, बाह्रबिसे फर्केकी महिलालाई एक्कासी स्वासप्रश्वासमा समस्या भएपछि हिजो साँझ काभ्रेको धुलिखेल अस्पतालमा पुर्याएपछि मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएको महिलाको मृत्युपछि धुलिखेल अस्पताल सिल गरिएको छ । सबै स्वास्थ्यकर्मीकाहरुको कोरोना परिक्षण सुरु गरिएको अस्पतालले जनाएको छ ।

चीनबाट बुहानबाट सुरु भएको कोरोनाले विश्वभरका सयौं देशहरुमा हजारौं मानिसको मृत्यु भएपनि नेपालमा शुक्रबार पहिलो पटक एक जना मानिसको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पहिलो पटक कोरोनाको मृत्यु भएपछि कोरोनाको आतंक थप बढेको छ ।

यसैबीच, नेपालमा कोरोना संक्रमितको घोषित संख्या २७६ पुगेको छ । शनिबार नै नौ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । शनिबार कपिलवस्तु र सिराहा, पर्सा, चितवन र काठमाडौं (सर्लाही) मा थप नौ जना कोरोना संक्रमति भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS