IME Life New

नेपालमा पनि देखियो नयाँ कोरोना भाइरस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पनि नयाँ कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण भित्रिएको पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार बेलायतबाट फर्किएका नागरिकका ६ वटा नमुनामध्ये तीनजनामा नयाँ भाइरसको संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

नयाँ प्रकारको भाइरसको संक्रमण भए नभएको पत्ता लगाउनका लागि उनीहरुको नमूना विश्व स्वास्थ्य संगठनको सहयोगमा पुस २७ गते हङकङको प्रयोगशालामा पठाइएको थियो । त्यसको रिपोर्ट माघ ५ गते प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

नयाँ भाइरस संक्रमण हुने तीनैजना बेलायतबाट नेपाल फर्किएका नागरिक हुन् । संक्रमित हुनेमा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुष छन् ।

२८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा संक्रमण नेगेटिभ देखिएको छ भने ६७ वर्षीय पुरुष भने पोजेटिभ नै रहे पनि कुनै पनि लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS