IME Life New

‘नेपालको बीमा उद्योगमा व्यावसायिक दक्ष एक्चुअरियल ल्याउन आवश्यक’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्चुअरियल सोसाइट अफ नेपालले हालै बीमक (जीवन, निर्जीवन, पुनर्बीमा र लघु जीवन र लघु निर्जीवन कम्पनी)का मानव संसाधन तथा विभागीय प्रमुखहरुसँगको दुईदिने अन्तर्क्रिया सम्पन्न गरेको छ।

युनाइटेड नेसन्स डेभलपमेन्ट प्रोग्राम (यूएनडीपी) र नेपाल बीमा प्राधिकरणबाट सञ्चालित कार्यक्रम नयाँ एक्चुअरियल निर्देशन र सम्बन्धित विषयमा प्रतिक्रिया प्राप्तिका लागि आयोजना गरिएको थियो। कार्यक्रममा एक्चुअरियल सोसाइट अफ नेपालकी अध्यक्ष प्रेक्षा माथेमाले केही मुख्य विषयहरुमा प्रकाश पारेकी थिइन्। उनले व्यावसायिक दक्ष एक्चुरियल ल्याउँदा बीमा उद्योगमा महत्वपूर्ण विश्लेषणात्मक, सांख्यिकीय र जोखिम व्यवस्थापन कौशल प्रदर्शनमा सहयोग पुग्ने बताइन्।

Esewa
Crest

अध्यक्ष माथेमाले अन्य देशमा कसरी एक्चुरियल जशक्ति भर्ती गरिन्छ र त्यसका लागि रणनीति तथा तलब प्याकेजको सन्दर्भमा उत्कृष्ट अभ्यासहरुबारे अवगत गराएकी थिइन्।

कार्यक्रममा माथेमाले बीमा क्षेत्रमा प्रतिस्पर्धात्मक लाभ र करिअर विकासका अवसरमा जोड दिँदै नेपालमा एक्चुरियल प्रतिभा कायम राख्न बीमाकहरुकोे रणनीतिबारे जानकारी गराइन्। उनले एक्चुरियल सोसाइटी अफ नेपालले एक्चुरियल क्षमता निर्माण गर्न र एक्चुरियल विश्लेषकहरुलाई उनीहरुको व्यावसायिक वृद्धिमा सहयोग गर्न कसरी मद्दत गर्न सक्छ भन्नेबारेमा आफ्नो धारणा राखेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS