IME Life New

नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पान अध्यक्षको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले क्यानेडियन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन्।

क्यानेडियन ड्याम एसोसिएसनले आयोजना गरेको ड्याम सुरक्षासम्बन्धी कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो आग्रह गरेका हुन्। कार्कीले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म ३ हजार मेगावाटमात्रै विद्युत उत्पादन भएको, ४ हजार मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन रहेको, विद्युत खरिद विक्री सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका आयोजना पनि ४ हजार मेगावाट क्षमताका रहेको, १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेको र अरु थप १० हजार मेगावाट क्षमताका आयोजनाहरु अध्ययनको विभिन्न चरणमा रहेको बताए। कार्कीले भने, ‘सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको रोडम्याप अघि सारेको छ। नेपालको जलविद्युत उत्पादन क्षमता कम्तीमा ७२ हजार मेगावाट छ। यसका लागि नेपालमा ठूलो लगानीको खाँचो रहेकोले क्यानेडियन लगानीकर्ताहरुलाई नेपालमा लगानी गरेर राम्रो प्रतिफल हाँसिल गर्न आग्रह गर्दछु।’

Esewa
Crest

नेपालमा विद्युत उत्पादन गरे बजारको पनि सुनिश्चितता भएको भन्दै कार्कीले भारतमा १० हजार मेगावाट निर्यातको सम्झौता नै भइसकेको र बंगलादेशमा पनि ५ हजार मेगावाट निर्यातका लागि पहल भइरहेको बताए। अहिले भारतमा १ हजार मेगावाट विद्युत निर्यात भइरहेको र बंगलादेशमा ४० मेगावाट निर्यातको लागि सम्झौतामा हस्ताक्षर हुनमात्रै बाँकी रहेको पनि उनले जानकारी गराए। ४० मेगावाट विद्युत थोरै लागेपनि बंगलादेशको विद्युत माग पुरा गर्न सन २०४० सम्म बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत आयात गर्नुपर्ने प्रक्षेपण गरेको पनि उनले बताए।

दुई ठूला उदयीमान अर्थतन्त्र भएका भारत र बंगलादेशमा विद्युतको माग जति पनि रहेको र नेपालमा ठूलो परिमाणमा उत्पादनको सम्भावना भएकोले नेपालको जलविद्युतमा गरिएको लगानीले राम्रो प्रतिफल दिने भएकाले नेपालमा लगानी गर्न क्यानेडिएन लगानीकर्तालाई कार्कीले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS