IME Life New

नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्तः अध्यक्ष चन्द्र ढकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्त भएको बताएका छन । महासंघमा मंगलबार आयोजित राजश्व सम्वद्ध चार महानिर्देशकहरुसंगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक बर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको बताए ।

भूतपभावी कानुन, करका दरहरुमा हुृने परिवर्तन र निजी क्षेत्रप्रतिको धारणाका कारण सरकारको राजश्व पनि अपेक्षित रुपमा उठन नसकेको उनको भनाइ थियो ।

Esewa
Crest

आन्तरिक राजश्व विभाग, भन्सार विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकहरुको उपस्थितिमा महासंघमा आयोजि कार्यक्रममा अध्यक्ष ढकालले कृषिजन्य वस्तुको आयातमा लागेका अग्रिम आयकर, फलामे छडको अन्तशुल्कका बिषय आउन थालेको विवाद, नयाँ करका दरहरु लगायतका बिषयमा सरकार सम्मेवदनशील हुनपर्ने बताए ।

यसैगरि नेपालमा सयौ बर्षदेखि निरन्तर व्यवसाय चलिरहेको र आधुनिक कर सम्बन्धि कानुनहरु प्छिमात्रै आएको हुँदा सम्पत्ति अभिलेखीकरणको अवसर सबैलार्ई प्रदान गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल राष्ट बैंकका निर्देशक एवं सम्पत्ति शुद्धिकरण अनुसन्धान विज्ञ हरि नेपालले सम्पत्ति अभिलेखीकरणको मोडालिटिबारे थप छलफल आवश्यक रहेको बताए ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान आयोगका महानिर्देशक कमल भटराईले यो बिषय अन्तराष्टिय स्तरमा पनि रहेको हुँदा लगानी निरुत्साहित नहुने गरि सुधार गर्दै जानुपर्ने बताए ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक चक्र बुढाले राजश्व अनुन्धानले निजी क्षेत्रसंगको सहकार्यमा काम गर्न चाहेको बताए ।

भन्सार विभागका महानिर्देशक ढुण्डीराज निरौलाले भन्सार सहजीकरणका लागि थप छलफल गरि सहजीकरण गरिने बताए ।

आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीले निजी क्षेत्र मैत्री कर प्रशासन बनाउन सरकार प्रयासरत रहेको बताए । बजेटमा भएको व्यवस्था कार्यान्वयनमा जाने वताउनुहुँदै केहि कतै समस्या भए सुधार गरिने जनाए ।

महासंघका उपाध्यक्ष हेमराज ढकालले वस्तुगत संघहरुले दिएका सुझाव कार्यान्वयनका लागि सरकारसंग आग्रह गरे ।

छलफलमा महासंघका सदस्य जिल्ला नगर, वस्तुगत, द्धिराष्टिय र एसोसिएट गरि एक सय भन्दा बढि सदस्यहरुको सहभागिता रहेको थियो । यस बर्षको बजेटमा गरिएको व्यवस्थाले व्यवसायमा परेको प्रभावबारे उहाँहरुले धारणा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS