IME Life New

“निर्माण सम्पन्न भएको केहि दिनमै संरचना किन भत्किन्छन् ?”

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले निर्माण आयोजनाहरु समयमै सम्पन्न नहुँदा मुलुकले ठूलो क्षति बेहोर्नुपरेको बताउँँदै निर्माण सम्पन्न हुने बित्तिकै अायाेजनाहरू भत्कने गरेकाे बताएका छन्।

इन्जिनियर तथा आर्किटेक्चर संस्थाहरुको संगठन स्क्याफले आयोजना गरेको “उज्जवल भविष्यका लागि उत्थानशिल पूर्वाधार” विषयक अन्तर्राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै पराष्ट्रपति पुनले मुलुक बनाउन सरकार, इन्जिनियर र निर्माण व्यवसायी तिनै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

Esewa
Crest

उपराष्ट्ररपति पुुुुुनले भने, ‘निर्माण सम्पन्न भएको केहि दिनमै संरचना किन भत्किन्छन् ? कसलाई खुशी पार्न निर्माणमा सम्झौता गरिएको हो ? यसरी मुलुकको विकास हुँदैन, भोलिको पुस्तालाई विकास दिने हो भने अब सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।’
उपराष्ट्रपति पुनले भूकम्पपछिको पुर्ननिर्माणले लक्षित गति लिन नसकेको प्रति चिन्ता व्यक्त गरेेेका छन् । उनले जनता अझै  टहरामा बस्न बाध्य भएको भन्दै मुलुकको पहिचान बोकेका सम्पदा पुर्ननिर्माणका लागि विदेशी सहयोग कत्तिको उपयुक्त हुने हो ? भन्ने प्रश्न समेत गरेे ।
कार्यक्रममा बोल्दै स्क्याफका अध्यक्ष राजेश थापाले भूकम्पपछि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको नेपालले अब विपद् जोखिम न्यूनिकरण र पुर्नलाभका अनुभव अन्तर्राष्ट्रिय समुदायलाई दिनसक्ने अवस्थामा रहेको बताए । उनले दीगो र सुरक्षित संरचना निर्माणका लागि राष्ट्रिय अनुभव दिन र अन्तर्राष्ट्रिय नविनतम प्रविधि भित्र्याउन सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गरे ।
तीन दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘रेजिलियण्ट इन्फ्रास्ट्रक्चर’ को महत्व र यसका विविध पक्षका बारेमा प्रस्तुति राखे ।

सम्मेलनमा नेपाल सहित भारत, चीन, कोरिया, श्रीलंका लगायत १० देशका ईन्जिनियर, व्यवसायी, सरकारी अधिकारी तथा विज्ञहरुको सहभागिता रहेको स्क्याफका महासचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS