IME Life New

निर्जीवन बीमा कम्पनीहरुले जारी गरे १३ लाख ६५ हजार बीमालेख, नयाँमा अजोड अगाडि, पूरानोमा शिखरकै अग्रता कायम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

चालु आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १३ लाख ५६ हजार ९ सय वटा बीमालेख जारी गरेका छन् । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले १२ लाख ९६ हजार ७ सय ७४ वटा बीमालेख जारी गरेका थिए ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चैत्र महिनासम्ममा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २ लाख १५ हजार ९ सय ५ वटा बीमालेख जारी गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २ लाख १५ हजार ६ सय २ वटा बीमालेख जारी गरेकाे थियो । त्यस्तै शिखर पछि नेको इन्स्योरेन्सले २ लाख ४ हजार १ सय ३ वटा बीमालेख जारी गरेको छ । नेको इन्स्योरेन्स पछाडि बढी बीमालेख जारी गर्ने कम्पनी एनएलजी इन्स्योरेन्स रहेको छ । तेस्रो त्रैमासको अवधिमा कम्पनीले १ लाख २४ हजार ८ सय ५६ वटा बीमालेख जारी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीमा १ लाख २५ हजार १ सय २ वटा बीमालेख जारी भएका थिए ।

Crest

नयाँ कम्पनीहरुले जारी गरे ५७ हजार १ सय ६४ बीमालेख

अजोड इन्स्योरेन्सको २९ हजार ४ सय ७

तेस्रो त्रैमासको अवधिमा ३ नयाँ निर्जीवन बीमा कम्पनीहरुले ५७ हजार १ सय ६४ वटा बीमालेख जारी गरेका छन् । सो अवधिमा अजोड इन्स्योरेन्सले सबैभन्दा धेरै २९ हजार ४ सय ७ वटा बीमालेख जारी गरेको छ । यस्तै दोस्रोमा रहेको छ जनरल इन्स्योरेन्स । तेस्रो त्रैमासको अवधिमा जनरल इन्स्योरेन्सले १९ हजार ७ सय ८० वटा बीमालेख जारी गरेको छ भने सानिमा इन्स्योरेन्सले २ हजार ३ सय ६८ बीमालेख जारी गरेको छ भने सानिमा जनरल इन्स्योरेन्सले ७ हजार ९ सय ८९ बीमालेख जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS