IME Life New

निर्जीवन बीमा कम्पनीको लिडर शिखर इन्स्योरेन्सको बीमा शुल्क आर्जनमा २ प्रतिशतको मात्र वृद्धि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

निर्जीवन बीमा कम्पनीको लिडर शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म २ अर्ब ५० करोड  कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म २ अर्ब ४५ करोड  कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन रकम २ प्रतिशतले  वृद्धि भएको छ । त्यस्तै कम्पनीले १ अर्ब  २४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

Crest

९ महिनाको अवधिमा कम्पनीले ३३ करोड ६२ लाख खुद नाफा गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा ८ प्रतिशतले मात्र वृद्धि भएको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ४२ रुपैयाँ ४० पैसा छ। प्रति शेयर आम्दानी गत आर्थिक वर्षको तेश्रो त्रैमासमा ३९ रुपैयाँ ११ पैसा थियो ।

कम्पनीको जगेडा कोषमा ४१ करोड ९ लाख रुपैयाँ संचित छ। कम्पनीको जगेडा कोष १२६ प्रतिशतले वृद्धि हुन सफल भएको छ। कम्पनीको बीमा कोष भने २९ प्रतिशतले वृद्धि हुँदै १ अर्ब १ करोड  पुगेको छ ।

कम्पनीको कुल दावी भुक्तानी रकम १ अर्ब १४ करोड छ भने खुद दावी भुक्तानी रकम ७४ करोड १० लाख रहेको छ।

कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम ११ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको तेस्रो त्रैमासको विवरण अनुसार कम्पनीले ८० करोड ८२ लाख रकम भुक्तानी हुन् बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS