IME Life New

निरीक्षण नै नगरी बीमा, जोखिममा पर्न सक्छन् कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा कम्पनीहरुले निरीक्षण नै नगरी सम्पतिको बीमा गर्ने गरेका छन् । बीमा समितिको निर्देशन विपरित कम्पनीहरुले प्रस्तावित सम्पतिको निरीक्षण नगर्ने तथा क्षतिग्रस्त सम्पतिको मूल्यांकन प्रतिवेदनमा सर्भेयरको व्यवसायिक राय सुझाव समावेश नगर्ने गरेको पाईएको छ ।

समितिले कम्पनीहरुलाई पत्राचार गरी बीमा गर्दा प्रस्ताव फारम पूर्ण रुपले भराई प्राप्त प्रस्तावित विवरणको आधारमा बीमा गर्न प्रस्तावित विषयबस्तु (सम्पति) को भौतिक निरीक्षण, अवलोकन तथा परीक्षण गरी यकिन भए पश्चात मात्र बीमालेख जारी गर्न निर्देशन दिएको छ । तर, कम्पनीहरुले सम्पतिको मूल्यांकन नै नगरी बीमालेख जारी गर्ने गरेको एमआई ग्रुपका अध्यक्ष प्रविन सुवेदीले बताए । उनका अनुसार कम्पनीले सर्भेयरले निरीक्षण नै नगरी बीमालेख जारी गर्दा कम्पनीमा जोखिम पर्ने उनले बताए । “कुनै घटना नघटेसम्म त समस्या नहोला तर, कुनै घटना घट्यो भने कम्पनी टाट पल्टिछ । यो अत्यन्तै जोखिमपूर्ण काम हो,’ उनले भने । साथै कम्पनीहरुले क्षतिग्रस्त सम्पतिको मूल्यांकन गर्दा सर्भेयरहरुको स्वतन्त्र राय समेत नराख्ने गरेको उनले बताए ।

Esewa
Crest

तर, युनाईटेड इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले भने कम्पनीहरुले ठूलो प्रोजेक्टहरुको बीमा गर्दा निरीक्षण गर्ने गरेको बताए। ‘यदि प्रोजेक्ट टाढा छ भने पनि फोटो पठाउन लगाएर भए पनि हामी निरीक्षण गछौ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS