IME Life New

निक्षेप तथा कर्जा सुरक्षण कोष र पोखरा महानगरपालिकाबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र पोखरा महानगरपालिकाबीच सम्झौता भएको छ । महानगर प्रमुख धनराज आचार्यको समुपस्थितिमा कोषको रोजगारमुखी सीप विकास तालिम कर्जा सुरक्षण कार्यक्रम योजना बमोजिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

समझदारीपत्रमा कोषको तर्फवाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले हस्ताक्षर गरे । उक्त हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागिय प्रमुख मन्दिरा थपलिया, शाखा कार्यालय पोखराका पदाधिकारी र महानगरपालिकाको तर्फवाट आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, महानगरपालिकाका प्रवक्ता मोती तिम्सीना, गण्डकी विश्वविद्यालयका रजिष्टार डा.कैलास तिमिल्सिना, पृथ्विनारायण क्याम्पसका एसोसिएट फाइनान्स कन्ट्रोलर पुष्पराज पौडेल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश चन्द्र बास्तोला, पोखरा पर्यटन महासंघका प्रमुख तारानाथ पहारी, मेरोजबका प्रबन्ध निर्देशक शैलेन्द्र राज गिरी, राष्ट्रिय आविष्कार केन्द्रका प्रतिनिधी लगायत पोखरा स्थित विभिन्न आइटी कम्पनीका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

Esewa
Crest

यस समझदारी पत्रमा हस्ताक्षर भए संगै पोखरा महानगरको समन्वयमा विश्वविद्यालय वा तालिम प्रदायक संस्थाहरुबाट प्रशिक्षार्थीहरुलाई तालिम प्रदान गराई विश्व बजारको माग अनुरुपको सीपयुक्त सुचना प्रविधिसँग सम्बन्धित जनशक्ति तयार गरी रोजगार तथा स्वरोजगारको अवसर सृजना गरिनेछ ।

उक्त तालिम न्युनतम ६ महिनाको हुने छ । यसका लागि बैंक तथा वित्तीय संस्थाद्धारा प्रति प्रशिक्षार्थी रु ५ लाख सम्मको कर्जा प्रवाह गरि निक्षेप तथा कर्जा सुरक्षण कोषद्वारा उक्त कर्जाको सुरक्षण गरिनेछ । सो कर्जा विभिन्न कारणले असुल हुन नसकेमा कर्जा प्रवाह गर्ने संस्थाले कोष समक्ष दावी गर्ने र कोषले उक्त दावीको ८५ प्रतिशत सम्म दावी भुक्तानी दिनेछ । महानगरपालिकाले सुरक्षण योगदानकर्ताको रुपमा प्रति प्रशिक्षार्थी कर्जा रकमको २० प्रतिशत रकम निक्षेप तथा कर्जा सुरक्षण कोषमा जम्मा गरिदिने उक्त सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS