IME Life New

निक्षेप तथा कर्जा सुरक्षण कोषको वाकाथन तथा फाइभ के रन रन कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले भदौ ३० गते शनिबार वाकाथन तथा फाइभ के रन रन कार्यक्रम सम्पन्न गरेको छ । ले असोज ४ गते हुने आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । स्वर्ण वार्षिकोत्सवको यस ऐतिहासिक क्षणलाई सुखद र स्मरणीय बनाउन उत्साहजनक ढंगले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।

कोषले आयोजना गरेको उक्त कार्यक्रममा राजश्व सचिव तथा कोषको सञ्चालक समितिका अध्यक्ष डा.राम प्रसाद घिमिरे, नेपाल राष्ट्र बैंक डेपुटी गभर्नर बम बहादुर मिश्र र नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल के.सी. मुख्य अतिथिको रुपमा उपस्थित थिए ।

Esewa
Crest

बिभिन्न बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा अन्य पदाधिकारी एवं कर्मचारीहरुको सहभागिता रहेको सो कार्यक्रममा कूल ५०० जनाभन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो । उपस्थित भएका सबै जनाले बैंकिङ्ग सचेतना अभिवृद्धि गर्ने सम्बन्धमा सकारात्मक सन्देश प्रदान गर्ने उद्देश्यले लेखिएका पोष्ट लिएपछि बैंकबाट ऋण तिर्नै पर्छ कुनै न कुनै दिन र्जाको किस्ताब्याज समयै तिरौं जिम्मेवार नागरिकको परिचय दिउ यति कुरा बुझौं है साथी – बैंकको ऋण हुँदैन माफी लगायतका वित्तीय सचेतनामूलक बिभिन्न नारा अंकित टि–सर्ट लगाई कार्यक्रममा सहभागी भएका थिए ।

काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरबाट शुरु गरिएको उक्त वाकाथन तथा फाइभ के रन रन मार्ग कमलपोखरी, ज्ञानेश्वर, नक्शाल भगवती, टंगाल, गैह्रीधारा, लैनचौर, जमल, त्रिचन्द्र क्याम्पस हुँदै पुनः प्रज्ञा प्रतिष्ठानको परिसरमा आएर समाप्त भएको थियो ।

सहभागीहरुलाई हौसला प्रदान गरी कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन राजश्व सचिव डा। राम प्रसाद घिमिरे, डेपुटी गभर्नर बम बहादुर मिश्र तथा कोषका सञ्चालकहरु हुम बहादुर के.सी. तुलसी प्रसाद घिमिरे र प्रकाशजंग थापा समेत अन्य सहभागीहरुसँगै वाकाथनमा पूरै अवधि सहभागी थिए ।

फाइभ के रन रन अन्तर्गत नेपाल आर्मी तथा नेपाल प्रहरीका धावकहरु लगायत अन्य व्यवसायिक धावक तथा इच्छुक सर्वसाधारण समेतले दौड प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

दौड प्रतियोगितामा पुरुष तर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल प्रथम, त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठ द्वितीय र त्रिभुवन आर्मी क्लबका श्रीकाश राई तृतीय भएका थिए । प्रथम स्थान हासिल गर्ने पालले १७:५० मिनेटमा, द्वितीय स्थान हासिल गर्ने श्रेष्ठले १८:१३ मिनेटमा र तृतीय स्थान हासिल गर्ने राईले १८:३५ मिनेटमा तोकिएको दुरी पार गरेका थिए ।

त्यसैगरी महिला तर्फ २१:५० मिनेटमा दौड पूरा गरी नेपाल पुलिस क्लबका राममाया बुढा प्रथम, २१:५७ मिनेटमा दौड पूरा गरी त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपाने द्वितीय र २३:०७ मा दौड पूरा गरी त्रिभुवन आर्मी क्लबकै सिर्जना पाण्डे तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने पुरुष तथा महिला धावकहरु दुवैलाई जनही रु १५ हजार, दोस्रो हुने पुरुष र महिला धावक दुवैलाई जनही रु। १० हजार र तेस्रो हुने पुरुष तथा महिला धावक दुवैलाई जनही रु। ५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

सो अवसरमा राजश्व सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरे, डेपुटी गभर्नर बम बहादुर मिश्र, कोष सञ्चालक समितिका सदस्यहरु हुम बहादुर के.सी. तथा प्रकाशजंग थापाले संयुक्त रुपमा कोषको नयाँ नारा ऋण र धन दुवैको सुरक्षण सार्वजनिक गरेका थिए ।

कोषको पशुधन सुरक्षण कार्यक्रमको विस्तारको लागि तयार गरिएको प्रचार प्रसार सामग्री अडियो जिंगल तथा कोषको बारेमा तयार गरिएको गीत समेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS