IME Life New

नागरिकको हितमा बीमाबारे बोल्न र लेख्न पत्रकारलाई प्राधिकरण अध्यक्ष सिलवालको आग्रह

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पत्रकारलाई नागरिकको हितमा बीमाका बारेमा बोल्न र सत्यतथ्य लेख्न आग्रह गरेका छन्।

प्राधिकरणको आयोजनामा आज मधेश प्रदेशको वीरगन्जमा भएको आर्थिक पत्रकारसँग बीमासम्बन्धी समसामयिक विषयमा छलफल एव अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो आग्रह गरेका हुन्। केही बीमालेखमा समस्या रहेकोबाहेक बीमा कम्पनीहरुले लाखौँ दाबी भुक्तानी दिएको उल्लेख गर्दै उनले भने, ‘बीमा गर्दा बीमालेखका प्रावधान र सर्तहरु राम्रोसँग पढ्नुपर्छ, आफ्नो हितमा छ कि छैन बुझ्नुपर्छ, झुठो बोलेर तथा सत्यतथ्य लुकाएर गरेको बीमाको दाबी लाग्दैन भन्ने थाहा पाउनुपर्छ, विदेशी बीमा कम्पनीसँग बीमा गर्नु गैरकानुनी हो, गर्न मिल्दैन।’

Crest

अध्यक्ष सिलवालले सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिएकाले स्थानीय सरकारले त्यसमा अनुदान थप्नुभन्दा विपन्न तथा गरिब वर्गको बीमा गर्नु उपयुक्त हुने र त्यसबाट उनीहरुको कल्याण हुने बताए। उनले भने, ‘बीमा कम्पनीहरु ऐन–नियमबमोजिम चल्नुपर्छ, जबाफदेही बन्नुपर्छ, ऐन–नियमविपरीत जाने कम्पनीहरुले दण्ड सजाय भोग्नुपर्छ।’

कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विद्यमान अवस्था बीमाको विकास एवं विस्तारमा पत्रकारको भूमिकालगायत बीमासम्बन्धी समग्र विषयमा प्रस्तुति दिएका थिए।

कार्यक्रममा सहभागी पत्रकारहरुले बीमा कम्पनीहरुले देशको भूगोलअनुसार बीमालेख ल्याउनुपर्ने, मधेश प्रदेशमा न्यून रहेको बीमाको पहुँच बढाउन जोड दिनुपर्ने, सीमापारिका बीमा कम्पनीहरुमा बीमा हुन नदिन विशेष ध्यान दिनुपर्ने, बीमा कम्पनीहरुले सञ्चार माध्यममार्फत बीमा सचेतना अभिवृद्धिका लागि बजेट छुट्याउनुपर्नेलगायतका धारणा राखे। साथै, उनीहरुले बीमा गर्न सजिलो तर दाबी भुक्तानी पाउन बीमितले निकै दुःख पाउने गरेको, कोरोना बीमाको बाँकी दाबी भुक्तानी अझै नभएको र बीमाप्रतिको आकर्षण बढाउन सचेता अभिवृद्धि आवश्यक भएको विचार राखे।

कार्यक्रममा नेपालपत्रकार महासंघ पर्साका अध्यक्ष तथा पदाधिकारी, विभिन्न सञ्चार माध्यमका पत्रकार र बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरुको सहभागिता थियो।

कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयकी प्रमुख प्रीति देवले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS