IME Life New

नयाँ स्टक एक्सचेन्जः रोकिएको प्रक्रिया अगाडि बढाउन धितोपत्र बोर्डले सरकारलाई पठायो पत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रोकिएको नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन सरकारसँग राय माग्दै पत्र पठाएको छ।

धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन सरकारसँग राय माग्ने निर्णय गरेको थियो। ‘नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया रोक्न परेका मुद्दाहरुमा सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रतिनिधिसभाको अर्थ समितिले समेत क्लिन चिट दिइसकेको छ’, धितोपत्र बोर्डका एक सञ्चालकले भने, ‘त्यसैले अब यो प्रक्रिया अगाडि बढाउन धितोपत्र बोर्डले सरकारको राय मागेको हो।’

Esewa
Crest

ती सञ्चालकका अनुसार सञ्चालक समितिको निर्णयपछि व्यवस्थापनलाई सरकारको राय माग्दै अर्थ मन्त्रालयमा पत्र लेख्न निर्देशन दिइएको थियो। ‘धितोपत्र बोर्डको व्यवस्थापनले आज अर्थ मन्त्रालयमा पत्र पठाइसकेको छ’, ती सञ्चालकले भने।

नयाँ स्कट एक्सचेन्ज ल्याउने प्रक्रियाको चर्को विरोध भएपछि अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको निर्णयबाट यो प्रक्रिया स्थगित गरिएको थियो। ‘अब हामी सरकारको प्रतिक्रियाको प्रतीक्षामा छौँ’, ती सञ्चालकले भने।

धितोपत्र बोर्ड गत वर्ष असोजको पहिलो साता नयाँ स्टक एक्सचेन्ज लाइसेन्स वितरण गर्न आवेदन खुला गरेको थियो। त्यसपछि अदालतमा मुद्दा परेपछि यो प्रक्रिया अवरुद्ध भएकोमा गत वैशाखमा पुनः आवेदन खुला गरिएको थियो। जसमा ३ वटा कम्पनीले नयाँ स्टक एक्सचेन्ज ल्याउन आवेदन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS