IME Life New

नयाँ गाडी किन्ने सोच्दै हुनुहुन्छ ? बैंक कर्जा पनि चाहिएको छ ? जानी राख्नुहोस् यी प्रकृया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिकरुपमा सम्पन्न मध्यम वर्गिय परिवारका लागि घर पछिको सपना हो, गाडी । घर बनाई सकेपछि आँगनमा आफ्नै गाडी राख्ने लालसा अधिका‌ंशमा हुन्छ । खासगरी शहरी क्षेत्रमा बसोबास गर्ने मध्यम वर्गिय परिवारका लागि शान र साैख दुबैको विषय बन्छ, निजी सवारी ।

सामाजिक स‌ंरचनामा एकल परिवारको संख्या बढ्दै जाँदा सप्ताहन्तमा घुमघाम गर्न होस् वा चाडपर्वका बेला आफन्तजनकोमा जाँदा आफ्नै गाडीमा हुँइक्याएर सरर्र यात्रा गर्न पाए हुन्थ्यो भन्ने लालशा हुनु स्वाभाविकै पनि हो ।

Esewa
Crest

निजी सवारी खरिद गर्नका लागि शुरुमा लगानी गर्नुपर्ने रकमको सीमा र बै‌ंक कर्जा सुविधाले पनि मासिक १ लाख ५० हजार रूपैयाँसम्म आम्दानी हुनेले पनि निजी गाडी खरिद गरेर चढ्न सक्छन् । नेपाली बजारमा २२ लाखदेखि ४ करोड रुपैयाँसम्मका गाडी उपलब्ध छन् । शुरुवाती प्रयोगकर्ताका लागि महँगो मूल्यका गाडीभन्दा पनि मध्यम मूल्यका गाडी चढ्नु लगानी र उपयोगिता दुबैका हिसाबले उपयुक्त हुन्छ।

प्रायःले आफ्नै गाडी भइ सकेपछि मात्र कुदाउने भएकाले महँगा मूल्य र ठूलो आकारका गाडी खरिद गरेर प्रयोगमा ल्याउँदा कन्फिडेन्स र अनुभव दुबैको अभावमा गाडीमा जानाजान वा अन्जानमै क्षति पुग्ने हुँदा आर्थिकरुपमा धेरै नोक्सानी हुन्छ।

नेपालमा बै‌ंक कर्जा सुविधामार्फत् नयाँ गाडी किन्नुपर्दा गाडीको मूल्यको कम्तीमा ५० प्रतिशत रकम बिक्रेतालाई भुक्तानी गर्नुपर्छ। विद्युतीय सवारी खरिद गर्दा २० प्रतिशत रकम डाउन पेमेण्ट गरे पुग्छ। एकमुष्ठ रुपमा शुरुमा भुक्तानी गर्नुपर्ने रकमको जोहो गरेपछि बाँकी रहने रकमलाई मासिक किस्तामा बै‌ंकलाई भुक्तानी गर्ने गरी बै‌ंकिङ कर्जा सुविधा उपभोग गर्न सकिन्छ। आफूलाई आवश्यक पर्ने न्यूनत्तम विशेषता भएका चारपाङ्ग्रे सवारी किन्नुपर्दा कम्तीमा ३० देखि ३५ लाख रुपैयाँ रेन्जको खरिद गर्नुपर्छ। यो भन्दा सस्तो मूल्यका सवारी पनि बजारमा उपलब्ध भएपनि उपयोगीता र विशेषता दुबैका आधारमा खासै मन नपर्न सक्छ। यसैले गाडी खरिद गर्दा खरिद गरि सकेपछिको आन्तरिक र बाह्य सज्जा समेतलाई ध्यानमा राख्ने हो भने कम्तीमा १८ लाख रुपैयाँ नगदै जोहो गर्नुपर्छ।

सवारी साधन खरिदका लागि नेपाली बजारमा बै‌ंक वित्तीय संस्थाले ९ देखि १३ प्रतिशतसम्म ब्याज दरमा सवारी खरिदका लागि कर्जा रकम उपलब्ध गराई रहेका छन्।

सवारी कर्जाका लागि के के प्रकृया पुरा गर्नुपर्छः

आफै‌ंले बचतमार्फत् शुरूवाती भुक्तानीको पचास प्रतिशत रकम जोहो गरिसकेपछि नियमित मासिक आम्दानी पुष्टी हुने कागजात पनि जुटाउनुपर्छ। यसका लागि तपाई जागिरे हुनुहुन्छ भने रोजगारदाता कम्पनीले जारी गरेको आम्दानी पुष्टी हुने कागजपत्र वा नियुक्ति पत्र, बैंक कारोबारको प्रमाणित प्रति,सवारी चालक अनुमति पत्र, नागरिकता प्रमाण पत्र आवश्यक हुन्छ। तपाई आफै‌ंसँग सवारी चालक अनुमति पत्र छैन भने चालक नियुक्त गर्नुपर्ने हुन्छ।

तपाईले खरिद गर्न चाहेको सवारी साधनको बिक्रेतासँग सवारीको मोडेल नम्बर सहितको विवरण खुलाएर आफूले बै‌ंकिङ कर्जा लिने प्रयोजनका लागि कोटेशन माग गर्नुपर्छ। यसरी स‌ंकलित कोटेशन र अन्य कागजात आफूले कारोबार गरिरहेको बै‌ंकमा पेश गरेर सवारी कर्जाका लागि अनुरोध गर्नुपर्छ। प्रकृयागत झण्झट हटाउनका लागि सबैभन्दा उपयुक्त उपाय भनेको आफूले कुन मोडेल र कति बजेटको गाडी खरिद गर्न चाहेको हो भन्ने यकीन गरि सकेर बै‌ंक कर्मचारीसँग कर्जा सुविधाबारे विस्तृत जानकारी र सल्लाह लिनु । यसबाहेक तपाईले सवारी साधन बिक्रेताका कर्मचारीसँग समेत बै‌ंकिङ कर्जा सुविधाबारे आवश्यक जानकारी र सहयोग लिन सक्नुहुन्छ।

सवारी साधनका लागि बै‌ंक ऋण सुविधा ५ देखि ७ वर्ष अवधिसम्मका लागि उपलब्ध हुन्छ। शुरूवाती मूल्यको गाडी किन्दा २५ हजारदेखि ३० हजार रुपैयाँसम्म मासिक किस्ता तिर्नुपर्ने हुनसक्छ। जति थोरै डाउन पेमेण्ट गर्नु हुन्छ मासिक किस्ता र ब्याज दुबैको भार उत्तिनै बढी पर्छ। बै‌ंकले कर्जा सुविधा दिंदा तपाईको नाममा अन्त कुनै कर्जा रहे नरहेको, तपाईले मासिकरुपमा किस्ता तिरि रहे नरहेको विवरण समेत केलाउँछ । तपाईले तिर्नुपर्ने मासिक किस्तावापतको रकमभन्दा तपाईको मासिक आम्दानी दोब्बर भएको अवस्थामा मात्र बै‌ंकले तपाई कर्जा प्रस्ताव स्वीकृत गर्छ, अन्यथा तपाईले कर्जाको रकम घटाउनुपर्ने वा घरबहालवापतको कुनै अन्य नियमित आम्दानीको श्रोत खुलाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS