IME Life New

नयाँबानेश्वरमा टिपर, बस र कार ठोक्किएर दुर्घटना, लाखौं बीमा दावी पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गएराति माइतीघर तीनकुने सडक खण्डमा तीव्र गतिमा कुदेको एक टिपरले नियन्त्रण गुमाउँदा बस र कारलाई ठक्किएर दुर्घटनामा परेको छ । घट्नामा टिपर चालक गम्भिर घाइते भएका छन् ।

मंगलबार राति १०ः३० बजेको समयमा बा३ख ७१५७ नम्वरको टिपर (मिनी ट्रक जस्तै सानो टिपर) बा ७ च ८८१७ नम्बरको कार र बा ३ ख ८३९६ नम्बरको बससँग ठोक्किँदा दुर्घटना भएको हो ।

Esewa
Crest

बानेश्वरस्थित पुरानो ट्रलीबसपार्क अगाडिको सडकमा दुर्घटना भएको हो । दुर्घटनामा टिपर चालक दोलखा शैलुङका ३२ वर्षीय दीपक तामाङ गम्भीर घाइते भएका छन् । घट्नामा कसको दोष थियो भनेर प्रहरीले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बसमा यात्रुहरु थिएनन् । बसका चालक भने फरार रहेका छन् । त्यस्तै, कार चालक धुलिखेल बस्ने विनय श्रेष्ठ नयाँबानेश्वर प्रहरी वृत्तको हिरासतमा छन् ।

घट्नामा लाखौं रुपैयाँ बीमा दावी पर्ने देखिएको छ । सार्वजनिक यातायातको साधनहरु आपसमा ठोक्किएर दुर्घटनामा परेकोले तेस्रो पक्ष र सवारी बीमा अन्तर्गत बीमा दावी पर्ने भएको छ ।

यसैबीच, काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ पिपलमोडमा ना६ख ९७४८ नम्वरको ट्रकले किच्दा भएको दुर्घटनामा सोही ट्रकका मालिक सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाले जनाए अनुसार लोड लिएर आएको ट्रकलाई सडकमा मोड नपुगेपछि मालिक विष्ट ट्रकबाट ओर्लेर अगाडि पछाडिको साईड हेर्न खोज्दा आफ्नै ट्रकको पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको छ । घटनापछि प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

सो घटनाको पनि बीमा दावी पर्ने देखिको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS