IME Life New

नगद लाभांश बैंक खातामा पठाउँदा प्रष्ट जानकारी खुलाउन धितोपत्र बोर्डको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा कम्पनीको नाम, आर्थिक वर्ष, दरलगायतका कुरा खुलाएर खातामा पठाउन निर्देशन दिएको छ । बोर्डले सेयरधनीको बैंक खातामा कुन कम्पनीको लाभांश भन्ने कुरा नै नखुलेको गुनासो आएपछि स्पष्ट खुलाएर लाभांश पठाउन निर्देशन दिएको हो ।

‘सूचीकृत कम्पनीले आफ्ना सेयरधनीहरूलाई प्रदान गरेको नगद लाभांश सेयरधनीको बैंक खातामा आफैँ जम्मा गर्दा र आफ्नो सेयर रजिष्ट्रारमार्फत बैंक खातामा जम्मा गराउँदा बैंक स्टेटमेन्टमा उक्त सेयर रजिष्ट्रार (क्यापिटल)को नाम मात्र आउने गरेकाले कुन कम्पनीको लाभांश हो, कुन आर्थिक वर्षको कुन दरको लाभांस हो स्पष्ट हुन नसकेको र हिसाब किताब राख्न सहज नभएको लगायतका व्यहोराको गुनासो बोर्डमा आउने गरेको छ’,  बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अब कम्पनीहरूको सेयर रजिष्ट्रारमार्फत सेयरधनीको बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, लाभांश दर आदि खुल्ने गरी पठाउनुपर्नेछ  ।

Esewa
Crest

साथै, यस कार्यलाई सहजीकरण गर्न नेपाल क्लियरिङ्ग हाउसले हालै तोकिदिएको ढाँचामा (२८ सेप्टेम्बर, २०२१) अनिवार्य रूपमा सूचित गर्नुपर्ने विषयहरू स्पष्ट रूपमा खुलाई पठाउने व्यवस्था गर्न बोर्डले सम्बन्धित सूचीकृत कम्पनीहरूलाई जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS