IME Life New

धितोपत्र सम्बन्धी अत्यावश्यक सेवा अनलाइन मार्फत गर्न मर्चेण्ट बैंकर एशोसियसनको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल मर्चेण्ट बैंकर एशोसियसनले शेयर सम्बन्धी कारोबार अनलाइ मार्फत गर्न आग्रह गरेको छ । यस असहज परिस्थितिमा नेपाल धितोपत्र बोर्डबाट बैशाख ३० गतेको पत्र बमोजिम सम्पूर्ण मर्चेण्ट बैंकरहरुले आफ्ना ग्रहकहरुलाई अनलाईन मार्फत धितोपत्र कारोवार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने गरी कार्यालयबाट जनसम्पर्क हुने र बाँकी सम्पुर्ण सेवाहरु हाललाई स्थगित गरिएको जनाएको छ ।

नेपाल सरकारले अत्यावश्यक कार्य बाहेक अन्य प्रयोजनका लागि घरबाट बाहिर निस्कनबाट सर्वसाधारणलाई रोक लगाई निषेधाज्ञा लागु गरेको अवस्थामा मर्चेण्ट बैंकरहरुलाई समेत नेपाल धितोपत्र बोर्डबाट सिष्टम संचालनको लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउने गरि ओर्क फ्रम होम मार्फत कार्य संचालन गर्नु पर्ने निर्देशन प्राप्त भएको हुँदा ग्राहकवर्ग तथा कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखी तथा संक्रमणको जोखिम कम गर्न निषेधाज्ञाको अवधीभर अनलाईन सेवालाई प्राथमिकतामा राख्न सबै ग्राहकवर्गमा नेपाल मर्चेण्ट बैंकर एशोसियसनले आग्रह गरेको छ ।

Esewa
Crest

शेयर खरिद बिक्री सम्बन्धी कार्यलाई अनलाईन मार्फत गर्न तथा शेयर बिक्री गर्दा इडिआईएस मात्र प्रयोग गर्न समेत अनुरोध गरेको छ । अनलाइन कारोवारका क्रममा मेरो शेयर वाइडिआईयस सम्बन्धी केहि समस्याआई परेमाकम्पनीको फोन नंवर तथा वेभ साईटमा उल्लेख गरिएको इमेल र मोबाइलनंवरमा सम्पर्क गरी आफ्नो समस्या समाधान गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS