IME Life New

धितोपत्र बोर्ड अध्यक्ष छनौट प्रक्रियाः अन्तर्वार्ता दिन अधिकारी र कार्की पुगे अर्थ मन्त्रालयमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका उम्मेदवार डा नवराज अधिकारी र कृष्णबहादुर कार्की अर्थ मन्त्रालयमा पुगेका छन्।

यसअघि स्थगित गरिएको सर्टलिस्टमा परेका उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता आज फेरि लिइँदैछ। अर्थ मन्त्रालयबाट गठित अध्यक्ष सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनामध्ये यसअघि अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई पुनः आज बिहान ८ बजे अन्तर्वार्तामा डाकेको हो।

Esewa
Crest

अर्थ मन्त्रालय स्रोतका अनुसार बिहान साढे ८ बजेसम्म अधिकारी र कार्की अन्तर्वार्ता दिन आएका छन्। ‘अधिकारी र कार्की अन्तर्वार्ता दिन आउनुभएको छ’, स्रोतले भने, ‘चिरञ्जीवी चापागाइँ आइपुग्नुभएको छैन।’

अधिकारी धितोपत्र बोर्डका कार्यकारी निर्देशक र कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ हुन्। चापागाइँ तत्कालीन बीमा समितिका अध्यक्ष हुन्।

यसअघि अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई असोज १८ गते अन्तर्वार्ताका लागि बोलाइएको थियो। तर, समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी बिरामी परेर उपस्थित हुन नसकेपछि अन्तर्वार्ता रोकिएको थियो।

त्यसअघि तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको नेतृत्वमा गठित सिफारिस मितिले गत वर्ष चैत २५ गते १९ जना उम्मदेवारमध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको थियो। जसमा अधिकारी, कार्की र चापागाइँसहित धितोपत्र बोर्डकै अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ थिए।

समितिले गत असार २ गते ती ५ उम्मेदवारलाई अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि डाकेको थियो। तर, श्रेष्ठद्वयले मात्रै अन्तर्वार्ता दिए भने बाँकी ३ जना अधिकारी, कार्की र चापागाइँ भने उपस्थित भएनन्। उपस्थित नभएका अधिकारी, कार्की र चापागाइँलाई समितिले फेरि असार ५ गते फेरि अन्तर्वार्ताका लागि बोलाएको थियो। तर, उनीहरु गएनन्।

त्यसपछि सिफारिस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको थियो। समितिले यो निर्णयविरुद्ध अन्तर्वार्तामा सहभागी सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दिए। हाल यो मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको छ।

अर्थ मन्त्रालयले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा देखिएको जटिलताका विषयमा महान्यायाधिवक्ताको कार्यालयमा दुईपटक रायसमेत मागेको छ। दुवैपटक महान्यायाधिवक्ताको पुरानै प्रक्रिया अगाडि बढाउन राय दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS