IME Life New

धितोपत्र बोर्डले घटाएको ब्रोकर कमिसन कार्यान्वयनको बाटो खुल्यो, अर्थले दियो ग्रीन सिग्नल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको ब्रोकर कमिसन घटाउने निर्णय ७ महिनापछि स्वीकृत भएको छ। अर्थ मन्त्रालयले धितोपत्र बोर्डको ब्रोकर कमिसन घटाउने निर्णयलाई स्वीकृति प्रदान गरेको हो।

अर्थमन्त्री वर्षमान पुनले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै धितोपत्र बोर्डले बोर्ड पठाएको ब्रोकर कमिसन घटाउने निर्णयसहितको प्रस्तावलाई स्वीकृति दिएका हुन्। धितोपत्र बोर्डले गत वर्ष कात्तिक १ गते ब्रोकर कमिसन घटाउने निर्णय गर्दै प्रस्तावित नयाँ दर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो।

Esewa
Crest

अब धितोपत्र बोर्डको सञ्चालक समितिको निर्णयपछि ब्रोकर कमिसनको नयाँ दररेट कार्यान्वयनमा ल्याइने धितोपत्र बोर्ड स्रोतले बतायो। ‘अर्थ मन्त्रालयबाट हिजो (बुधबार) मात्रै धितोपत्र बोर्डले प्रस्ताव गरेको नयाँ ब्रोकर कमिसन दर स्वीकृत भएको पत्र आएको छ’, स्रोतले भन्यो, ‘अब सञ्चालक समितिबाट निर्णय गरी कार्यान्वयनमा आउनेछ।’

स्रोतका अनुसार सञ्चालक समितिको बैठक आज साँझ बस्दैछ। सोही बैठकमा ब्रोकर कमिसन घटाउने निर्णय कार्यान्वयनका विषयमा छलफल हुनेछ।

हाल ५० हजार रुपैयाँसम्मको शेयर कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको ०.३० प्रतिशत र १ करोड रुपैयाँमाथि ०.२७ प्रतिशत ब्रोकर कमिसन शुल्क तिर्दै आएका छन्।

धितोपत्र बोर्डले घटाएर ५० हजार रुपैयाँसम्मको शेयर कारोबारमा लगानीकर्ताले ०.३६ प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको ०.२७ प्रतिशत र १ करोड रुपैयाँमाथि ०.२४ प्रतिशत ब्रोकर कमिसन लिन पाउने निर्णय गरेको छ। अब यो नयाँ दररेट कार्यान्वयनमा आउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS