IME Life New

धितोपत्र बोर्डलाई जलविद्युत कम्पनीको आइपीओमा इप्पानले दियो यस्ता सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नेपाल धितोपत्र बोर्डलाई जलविद्युत कम्पनीको प्रारम्भिक सर्वाजनिक निष्कासन (आइपीओ) अनुमतिमा विभिन्न सुझाव दिएको छ।

इप्पानले विभिन्न ४ बुँदे निर्णयसहित आज एक विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डलाई जलविद्युत कम्पनीको आइपीओ अनुमतिमा सुझावहरु दिएको हो। जलविद्युतको आइपीओलाई थप व्यवस्थित तथा पारदर्शी बनाउने सम्बन्धमा छलफल हुँदा धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा इप्पानले विभिन्न व्यवस्था कायम गर्न सुझाव दिएको हो।

Esewa
Crest

यस्ता छन् सुझाव

  • जलविद्युत कम्पनीले आफ्नो उद्देश्य अनुसारको कार्य गर्नका लागि आवश्यक भौतिक पूर्वाधारको प्रगति कम्तिमा ५० प्रतिशत कार्य सम्पन्न भएको विवरण कम्पनीले ऋण लिएको सम्बन्धित बैंकले प्रमाणित गरेको विवरणसहित बोर्डमा आवेदन प्रक्रिया अगाडि बढाउन सक्ने,
  • जलविद्युत कम्पनीले भौतिक पूर्वाधारको कम्तिमा ६५ प्रतिशत कार्य सम्पन्न भएको प्रमाणित विवरण पेश गरे पश्चात मात्र बोर्डबाट अन्तिम स्वीकृति प्रदान गरिने,
  • जलविद्युत कम्पनीहरुले प्रारम्भिक निष्काशनबाट प्राप्त गर्ने पुँजी बैकको ऋण भुक्तान प्रयोजन वा कम्पनीको चालू परियोजनाको सम्पन्नका लागि मात्र प्रयोग गर्ने सञ्चालक समितिको प्रतिबद्धता पेस गर्नुपर्ने,
  • जलविद्युत कम्पनीको परियोजनाको इन्टरनल रेट अफ रिटर्न (आईआरआर) १२ प्रतिशतभन्दा बढी भएको हुनुपर्ने ।
जलविद्युत शेयरका सम्बन्धमा इप्पानको प्रेस विज्ञप्ति 4 17

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS