IME Life New

धितोपत्र बोर्डमा हमाल नदोहोरिने लगभग निश्चित, बुधबारबाट ‘फोर्स लिभ’मा बस्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेशकुमार हमाल नदोहोरिने लगभग निश्चित भएको छ। आफ्नो कार्यकाल सकिने केही दिनमात्रै बाँकी रहँदा हमाल बुधवारदेखि बिदामा बस्दैछन्। उनको कार्यकाल यही पुस २० गतेबाट सकिँदैछ।

सरकारले हमाल २०७८ चैत ५ गते सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो। उनले २०७८ चैत ८ गतेबाट अध्यक्षको पदभार ग्रहण गरेका थिए।
हमाल कार्यकाल सकिनुअघि ‘फोर्स लिभ’मा बस्न लागेका हुन्। ‘जुन लिनैपर्ने भएकोले उनले लिन लागेका हुन्’, सेबोन स्रोतले भन्यो, ‘त्यसैले उनी बुधबारबाट बिदा बस्दैछन्।’

Esewa
Crest

बिदामा बस्दा सेबोनका कार्यकारी निर्देशक विनयदेव आचार्यलाई हमालले निमित्तको भूमिका दिँदैछन्। ‘अब हमाल २० गते कार्यालयमा आउनेछन्, उनलाई बिदाइ गर्ने कार्यक्रम हुनेछ’, स्रोतले भन्यो।

हमालले आफ्नो कार्यकालमा केही महत्वपूर्ण काम गरेका छन्। ‘हमालको कार्यकालमा नयाँ ब्रोकर लाइन्सेन्स वितरणको भएको छ, ब्रोकर कमिसन पनि घटाइएको छ’, स्रोतले भन्यो, ‘मर्जरका लागि शेयर रोक्का हुने समयमा घटेको छ। चलखेल गर्नेहरुमाथि कारबाही भएको छ।’

केही राम्रा काम गर्दागर्दै पनि घटेको बजारमा धमाधम प्रिमियममा आइपीओ ल्याउन दिएर भने हमालको चर्को आलोचना भएको स्रोत बताउँछन्। ‘नयाँ स्टक एक्सचेन्जको विषयले पनि उनलाई विवादमा तान्यो’, स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

11%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS