IME Life New

धितोपत्र बोर्डद्वारा बुक बिल्डिङ लागू, पाइपलाइनमा भएका बीमा कम्पनीहरुमा लागू नहुने !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू गर्दै १०० रुपैयाँमा आईपिओ पाउने व्यवस्थाको अन्त्य गरेको छ । यसबाट न्यून आय भएका सर्वसाधारणको पहुँच हट्ने अनुमान गरिएको छ । बुक बिल्डिङ लागू भएसँगै कम्पनीहरूले एक सय रूपैयाँमा नै सर्वसाधारणलाई बिक्री गर्न पाउने छैनन् । बुक बिल्डिङपछि अब बढाबढ गरेर प्राथमिक शेयर बिक्री हुनेछ ।

कुल निष्काशित शेयरको निश्चित प्रतिशत शेयर बढाबढ हुनेछ । बाँकी शेयर एक सय रूपैयाँमा नै सर्वसाधारण जारी गर्नुपर्ने छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २५ ‘ग’ ले बुक बिल्डिङ्ग विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था गरेको छ । यस सम्बन्धी थप प्रक्रियागत व्यवस्थाहरू निर्देशिकामा तोके बमोजिम हुने बोर्डले जनाएको छ ।

Esewa
Crest

बोर्डले बुक बिल्डिङ्ग विधिलाई कार्यान्वयनमा ल्याउन बोर्डको सञ्चालक समितिको गत साउन २२ बैठकले बुक बिल्डिङ् निर्देशिका २०७७ लागू गरेको जनाएको छ । बुक बिल्डिङ् निर्देशिकाले संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधारमा प्राथमिक शेयर बिक्री हुनेछ । नयाँ व्यवस्थासँगै न्यूनतम १० कित्ता शेयर खरिद गर्न पाउने व्यवस्था अब ५० कित्ता पुग्नेछ ।

यसैबीच, पाइपलाइनमा रहेका अधिकांश कम्पनीहरुले बुक बिल्डिङबाट आईपिओज जारी गर्न पाउने छैनन् । बुक बिल्डिङ सम्बन्धी व्यवस्था अनुसार कम्पनी तीन आर्थिक वर्षदेखि निरन्तर नाफामा गएको हुनुपर्ने, प्रतिशेयर नेट वर्थ १५० प्रतिशत हुनुपर्ने, रेटिङ एजेन्सीबाट औषत वा सो भन्दा माथि पाएको हुनुपर्ने शर्त राखेका कारण पाइपलाईनमा रहेका बीमा कम्पनीहरुको आईपिओ यसै वर्ष जारी गरेका बुक बिल्डिङमा जान नपाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS