IME Life New

धितोपत्र बोर्डद्वारा चालु आवको लागि नयाँ रणनीति सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आवको लागि नयाँ योजना तथा नियमन रणनीति हिजो सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सार्वजनिक गरेको नयाँ रणनीतिमा बोर्डको संस्थागत तथा नियमन क्षमता अभिबृद्धि गर्ने, धितोपत्र बजार तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने, बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्नुका साथै अध्ययन-अनुसन्धान गर्ने, बजार सहभागीहरुको व्यवसायिकता तथा स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने, र प्रदेशस्तरमा समेत धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धिसहित समष्टिगत वित्तीय साक्षरतालाई सुदृढ गर्ने उल्लेख छ ।

आइतबार अपरान्ह जुममार्फत पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा बोर्डले समग्र बजार विकास तथा सुधार, कानुनी सुधार, संस्थागत सुधार तथा नियमन क्षमता बृद्धि लगायतका क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता जनाएको छ । बोर्डका अध्यक्ष ढुंगानाले चालु आर्थिक वर्षबाट प्रत्येक चार महिनामा बोर्डका नियमनहरुको सुक्ष्म विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गर्ने, धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली स्थापना गर्ने लगायतका घोषणा गरिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS