IME Life New

धितोपत्र बोर्डको पाइपलाइनमा ४ बीमासहित १३ कम्पनीको हकप्रद, कसको कति कित्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त रहँदा साधारण शेयरको निष्कासन अनुमति रोकिएको छ। लामो समयदेखि आइपीओ, एफपीओ र हकप्रद शेयर निष्कासनको अनुमति धितोपत्र बोर्ड हुन सकेको छैन।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अगाडि बढाइसकेको छ। अध्यक्ष पदमा १९ जनाले आवेदन दिएका छन्। तीमध्ये अब अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ५ जनाको नाम सर्टलिस्ट गर्नेछ। तिनै ५ जनामध्ये ३ जनालाई छानेर समितिले मन्त्रिपरिषदमा अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्नेछ। अबको केही दिनमै धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाउने सम्भावना छ।

Esewa
Crest

त्यसो त धितोपत्र बोर्डले अध्यक्ष नभएको अवस्थामा पनि साधारण शेयर निष्कासन गर्न कम्पनीहरुलाई अनुमति दिने तयारी गरिरहेको छ। यसका लागि अब बस्ने सञ्चालक समितिको बैठकले टुंगो लगाउने धितोपत्र बोर्डका एक अधिकारीले जानकारी दिए।

हाल धितोपत्र बोर्डको पाइपलाइनमा ४ बीमा कम्पनीसहित १३ वटा कम्पनीको हकप्रद शेयर अनुमतिको पर्खाइमा छन्। ती कम्पनीले ३ करोड ७२ लाख ३७ हजार ७७५ कित्ता हकप्रद शेयर ल्याउन अनुमति मागेका छन्। यी हकप्रद शेयर ६ अब २१ करोड ४१ लाख २४ हजार ५२२ रुपैयाँबराबरका छन्।

धितोपत्र बोर्डको पाइपलाइमा ९ वटा जलविद्युत कम्पनी, २ वटा जीवन बीमा र २ वटा निर्जीवन बीमा कम्पनीका हकप्रद शेयर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS