IME Life New

धितोपत्र बोर्डको दैनिक कामकाज ठप्प, कर्मचारी घाम तापेर बस्न बाध्य, तलब पनि रोकिने डर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । कार्यकाल सकेर रमेशकुमार हमाल बाहिरिएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)को कामकाज ठप्प भएको छ।

धितोपत्र बोर्डका अध्यक्ष हमालको कार्यकाल पुस २० गते सकिएको थियो। उनलाई सरकारले २०७८ चैत ५ गते धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।

Esewa
Crest

हमाल धितोपत्र बोर्डबाट बाहिरिएसँगै सरकारले निमित्तको जिम्मेवारी कसैलाई नदिँदा दैनिक कामकाज ठप्प भएको धितोपत्र बोर्डका कर्मचारीहरु नै बताउँछन्। ‘अहिले कर्मचारीहरुको दिनभर कार्यालयमा बस्ने र कार्यालय समय सकिएपछि घर फर्किने काममात्रै भइरहेको छ’, एक अधिकारीले भने, ‘थुप्रै निर्णय गर्नुपर्ने फाइलहरु थन्किएका छन्।’

हमाल कार्यकाल सकिनुअघि केही दिन बिदा बसेका थिए। त्यतिबेला उनले कार्यकारी निर्देशक विनयदेव आचार्यलाई निमित्तको जिम्मेवारी दिएका थिए। तर, कार्यकाल सकिएपछि हमालले कसैलाई निमित्तको जिम्मेवारी दिन नमिल्ने ती अधिकारीले बताए। ‘सरकारले नै निमित्तको जिम्मेवारी तोक्नुपर्छ तर त्यो काम अहिलेसम्म भएको छैन’, ती अधिकारीले भने, ‘त्यसैले जिम्मेवार र नेतृत्व गर्ने व्यक्ति नै नभएपछि अहिले थुप्रै काम पेन्डिङमा रहेका छन्।’

धितोपत्र बोर्डभित्रैका विभिन्न महाशाखाबाट निर्णयका लागि पठाइएका थुप्रै काम अड्किएको पनि ती अधिकारीले बताए। ‘अहिले कर्मचारीको काम हाजिर गर्ने र दिन बिताउनेमात्रै भएको छ’, ती अधिकारीले भने।

शेयर बजार नियामकजस्तो सार्वजनिक निकाय लामो समयदेखि नेतृत्वविहीन रहँदा भोलिका दिनमा ठूलै समस्या निम्तिन सक्ने ती अधिकारीको भनाइ छ। ‘हिजोमात्रै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षले राजीनामा दिए, सरकारले तुरुन्तै अर्को व्यक्तिलाई निमित्तको जिम्मेवारी दियो’, ती अधिकारीले भने, ‘सरकारले भने धितोपत्र बोर्डमा अहिलेसम्म निमित्तको जिम्मेवारी कसैलाई दिएको छैन। सरकारको यस्तो रवैयाले कर्मचारीवृत्तको मनोबल घटेको छ।’

धितोपत्र बोर्डका एक कर्मचारीले अहिले सामान्य पत्रमा तोक लगाउने कामसमेत रोकिएको बताए। ‘निमित्त नतोकिँदा कार्यालय सामान्य दैनिक कामकाजसमेत रोकिएको छ’, ती कर्मचारीले भने, ‘सरकारले निमित्त तोक्न ढिलाइ गरेमा पुस तलब पनि बेलैमा नपाउने डर कर्मचारीमा रहेको छ।’

अहिले कर्मचारीहरु घाम तापेर दिन बिताउन बाध्य भइरहेको ती कर्मचारीले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS