IME Life New

धितोपत्र बोर्डको अध्यक्ष बन्न दौडधुप, को को छन् आकांक्षी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा केही समयअघिदेखि रिक्त रहेको अध्यक्ष पदमा नियुक्त हुनको लागि दौडधुप सुरु भएको छ । यद्यपि अध्यक्ष चयनको लागि प्रक्रिया भने सुरु भएको छैन ।

गत असोज मसान्तबाट रेवत बहादुर कार्कीको चार वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको उक्त पदमा नियुक्ती हुनको लागि नेकपा (नेकपा) सम्बद्ध केही व्यक्तिहरुले दौडधुप गरिरहेको भएपनि प्रक्रिया नै सुरु नभएका कारण अन्योलमा परेका छन् । आगामी फागुन २१ मा अर्थमन्त्री डा. युवराज खतिवडा सांसद पदबाट मुक्त हुदैछन् । त्यसै आसपासमा उनले राजिनामा दिने सम्भावना छ । अर्थमन्त्री खतिवडाले पद छोड्नुअघि नै धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त गर्ने मनस्थितिमा रहेको नेकपा सम्बद्ध सूत्र बताउँछ ।

Esewa
Crest

नेकपा (नेकपा) निकट नेपाल चार्टर्ड एकान्टेन्स् संस्था टंक पनेरु, बोर्डकै कार्यकारी निर्देशकहरु निरज गिरी, परिष्टनाथ पौडेल तथा उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीलगायतका व्यक्तिले धितोपत्र बोर्डको अध्यक्ष पदका लागि राजनीतिक लविङ गरिरहेको बताइएको छ ।

अध्यक्ष पद खाली भएपनि छनोटका लागि अहिले सम्म औपचारिक प्रक्रिया अघि बढेको छैन । नेपाल धितोपत्र बोर्डमा राष्ट्रिय योजना आयोगका एक जना सदस्यको संयोजनमा धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष छनोट समिति गठन भई सोही समितिले आवश्यक प्रक्रिया पूरा गरी अध्यक्ष नियुक्ती गर्नेछ । तर, हालसम्म पनि बोर्डमा अध्यक्ष नियुक्ती गर्न समिति गठन नभएकोले तत्कालै बोर्डले अध्यक्ष पाउने सम्भावना छैन । समिति गठन भएपछि पनि करिब तीन महिना लाग्ने सक्ने बोर्डका अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS