IME Life New

धितोपत्र ऐनमै ल्याइँदै मार्जिन कारोबारको व्यवस्था, कार्यान्वयन होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र व्यवसायी (ब्रोकर)ले मार्जिन कारोबार गर्न पाउने व्यवस्था अब धितोपत्र ऐनमै ल्याइने भएको छ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा मार्जिन कारोबार कार्यान्वयनमा सहज प्रदान गर्न ऐनमा यो व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको हो। हालको ऐनमा ब्रोकरले मार्जिन कारोबार गर्न पाउने व्यवस्थाबारे केही बोलिएको छ।

यद्यपि, मार्जिन कारोबारबारे धितोपत्र बोर्ड निर्देशन जारी गरेको छ भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यविधि जारी गरी लागू गरिसकेको छ। तर, अझै पनि अधिकांश ब्रोकरले फन्ड अभावमा मार्जिन कारोबार सुविधा लगानीकर्तालाई प्रदान गर्न सकेका छैनन्।

Esewa
Crest

ऐनको ६३क थप गर्दै धितोपत्र व्यवसायीले लगानीलाई धितोपत्र कारोबारका लागि तोकिएबमोजिमको सीमासम्म मार्जिन प्रदान गर्न सक्ने प्रस्ताव विधेयकमा गरिएको छ। प्रदान गर्ने मार्जिनबापत लिन सक्ने ब्याजको अधिकतम सीमा, शुल्क तथा मार्जिन कारोबारसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने प्रस्ताव विधेयकमा गरिएको छ।

धितोपत्र व्यवसायीले लगानीकर्तालाई प्रदान गर्ने मार्जिनसम्बन्धी व्यवस्था ऐनमा समावेश गर्दा यसको कार्यान्वयनमा सहज हुने भएकोले ऐनमै समेट्न आवश्यक देखिएको विधेयकमा प्रस्ट पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS