IME Life New

धनगढीको सारथी अस्पतालमा भीषण आगलागी, बिरामीको सकुशल उद्धार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कैलाली सदरमुकाम धनगढीमा अवस्थित निजी क्षेत्रको अस्पताल सारथीमा शुक्रबार राति भएको भिषण आगलागी नियन्त्रणमा आएको छ। धनगढी उपमहानगर १ मेनरोडमा अवस्थित अस्पतालमा शुक्रबार राति १ बजेतिर आगलागी भएको थियो ।

१५ शय्या र ४ वटा सघन उपचार कक्ष रहेको यो अस्पतालमा चाडपर्वको समय भएकाले १ जना बिरामी मात्र भर्ना थिए । आगलागी शुरु भएलगत्तै बिरामीको उद्धार स‌ंभव भएकाले मानवीय क्षति हुन पाएन । आगलागीबाट अस्पतालका महत्वपूर्ण उपकरणहरु जलेर नष्ट भएका छन् । विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक कुल्दीप चन्दले जानकारी दिएका छन्।

Esewa
Crest

आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलाली, तेघरी ब्यारेक, सशस्त्र प्रहरी र उपमहानगर र छिमेकी नगरपालिकाबाट ल्याइएको दमकलसहितको टोली खटिएको थियो।  अस्पताल नजिकैको जुत्ता चप्पलको गोदाममाविद्युत तार सर्ट सर्किट भई आगलागी भएको प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । आगलागीबाट ८ वटा पसलमा समेत क्षति पुगेको छ। सारथी अस्पतालले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाम भाडामा लिएर अस्पताल सञ्चालन गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS