IME Life New

दोहोरो अंकले घटेको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बुधबार दोहोरो अंकको करेक्सन आएको छ। लगातार बढिरहेको बजारमा आज २७.३२ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २५३६.११ को विन्दुमा ओर्लेको छ।

घटेको बजारमा आज ४६ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। १९४ कम्पनीको शेयरभाउ घट्दा २ वटाको स्थिर रहेको छ।

Esewa
Crest

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटा समूहमात्रै बढेको छ भने ११ वटा घटेको छ। बढ्ने समूहमा वित्त र होटेल तथा पर्यटन समूह छन्।

हिजोको तुलनामा कारोबार भने बढेको छ। आज १६ अर्ब २० करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सार्वधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ३६ करोड ७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ३४ करोड २२ लाख रुपैयाँ
  • अपर तामाकोशीः २९ करोड ४७ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः २३ करोड १३ लाख रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्सः २२ करोड ७८ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः २२ करोड ३५ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः २१ करोड ९९ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः २१ करोड ४१ लाख रुपैयाँ
  • सोल्टी होटलः २१ करोड ५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २० करोड ४८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS