IME Life New

दोहोरो अंकले घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार दोहोरो अंकको करेक्सन आएको छ।

नयाँ सरकार गठन र अर्थमन्त्रीमा लगानीकर्ताले रुचाएका नेता विष्णु पौडेल नियुक्त भएकै दिन नेप्सेमा करेक्सन आएको छ। आज नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ को विन्दुमा बन्द भएको छ।

Esewa
Crest

बजार घट्दा ५६ कम्पनीको शेयरभाउ बढेको छ भने १८४ कम्पनीको घटेको छ। यो दिन २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

घटेको बजारमा शेयर कारोबार भने बढेको छ। आज पौने ९ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ। आज अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • अपर तामाकोशीः ३७ करोड ८ लाख रुपैयाँ
  • निफ्राः २१ करोड ९८ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १९ करोड १५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १७ करोड ७८ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १६ करोड ६२ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १६ करोड ४२ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १३ करोड ४१ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १३ करोड २० लाख रुपैयाँ
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः १२ करोड ८७ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १२ करोड ६९ लाख रुपैया

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS