IME Life New

दोर्दी खोला जलविद्युतले आइपिओ निष्काशनका लागि गर्यो रेटिङ, यस्तो छ वित्तीय सूचक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि इस्युअर रेटिङ गरेको छ। इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले समयमा वित्तीय दायित्व पुरा नगरेको खण्डमा मध्यम किसिमको जोखिमको संकेत गर्ने ‘इक्राएनपि आर डबल बि माइनस’ प्राप्त गरेको छ।

कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी एक हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ। उक्त आयोजनाको प्रतिमेगावाट लागत १९ करोड २० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजनाको निर्माण कार्य ८५ प्रतिशत भन्दा बढि सकिएको छ। निर्माण कार्य सकिन अझै केहि समय लाग्ने भएकाले लागत थप बढ्न सक्ने रेटिङ एजेन्सीले जनाएको छ।

Esewa
Crest

आयोजनाको निर्माणका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत शेयर पुँजीबाट जुटाउने योजना रहेको छ। शेयर पुँजी मध्ये संस्थापक शेयरधनीहरुले ७५ करोड ९० लाख रुपैयाँ चुक्ता गरिसकेका छन्। कम्पनीको प्रमुख शेयरधनीहरुमा राधी विद्युत कम्पनीको २१.७६ प्रतिशत, अरुण गौतमको २.०६ प्रतिशत, लमजुङ इनर्जी डेभलपमेन्टको १.५९ प्रतिशत, सिइडिवी हाइड्रोपावर डेभलपमेन्टको १.५८ प्रतिशत र पशुपति शमशेरको १.३२ प्रतिशत लगानी रहेको छ। आयोजनाको जम्मा लागत २ अर्ब २९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। कम्पनीले इस्युअर रेटिङ सँगै एक अर्ब ६२ करोड रुपैयाँ ऋणको पनि रेटिङ गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS