काठमाडौं । भारीय शेयर बजारले आज मंगलबार फेरि नयाँ कीर्तिमान कायम गरेको छ । सेन्सेक्सले बढेर ६९३८१.३१ को विन्दुमा पुगेको छ। यो अल टाइम हाई हो। निफ्टी पनि अहिलेसम्मकै उच्च विन्दु २०८६४.०५ को विन्दुमा पुगेको छ।
आज सेन्सेक्स ४३१ अंकले बढेको छ भने निफ्टीमा १६८ अंकको बढोत्तरी भएको छ। सेन्सेक्सका ३० मध्ये २० वटा कम्पनीको शेयरभाउ बढेको छ भने १० वटाको घटेको छन् । आज बैंकिङ सेक्टरमा उछाल आएको छ।
यसअघि हिजो भारतीय शेयर बजारले नयाँ कीर्तिमान बनाएको थियो । सेन्सेक्सले ६८९१८.२२ को उच्च विन्दु चुमेको थियो। जुन आज तोडिएको छ। हिजो निफ्टी पनि अहिलेसम्म २०७०२.६५ को विन्दुमा पुगेको थियो ।
भाजपाले ५ मध्ये ३ राज्य विधानसभा चुनावमा बहुमत प्राप्त गर्नुले पनि भारतीय सेयर बजारमा चमक आएको विश्लेषकहरु बताउँछन्।अर्कोतर्फ दोस्रो त्रैमासिकमा जीडीपी ७.६ प्रतिशत पुगेको छ। जुन भारतीय रिजर्भ बैंकले अनुमान गरेको ६.५ प्रतिशतभन्दा १.१ प्रतिशतले बढी हो। यो कारणले बजार बढ्न मद्दत पुगेको उनीहरुको विश्वास छ। –एजेन्सीको सहयोगमा

















