IME Life New

दुई सर्किट ब्रेकपछि सम्हालिएको नेप्सेले कटायो सेन्चुरी, बैंकका शेयर छैनन् बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ। सुरुमा दुईपटक अपर सर्किट ब्रेक लागेको बजार यो समाचार पर्दासम्म १०२.३४ प्रतिशतले बढेर २६७०.४८ को उचाइमा पुगेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ। अहिले लघुवित्त समूह ओरालो लागिरहेको छ।

Esewa
Crest

आज सर्वाधिक चमक बैंकिङ समूहमा देखिएको छ। यो समूहमा लगभग अपर सर्किट लागेको छ। अर्थात बैंकिङ समूह ९.८८ प्रतिशतले बढेको छ।

अहिलेसम्म बैंकिङ समूहअन्तर्गत सूचीकृत रहेका १९ वटा वाणिज्य बैंकमध्ये ८ वटा बैंकको शेयरभाउ १० प्रतिशतले बढेको छ भने १० वटाको शेयरभाउ १० प्रतिशतको हाराहारीमा बढेको छ। अर्थात १८ वटा बैंकको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ। यी बैंकहरुमा खरिदचाप बढी देखिएको छ भने बेच्ने चाहने कोही पनि देखिँदैनन्।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयरभाउ भने साढे ८ प्रतिशतले बढेको छ।

अहिलेसम्म बजारमा पौने १२ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भइसकेको छ। सर्वाधिक कारोबार कुमारी बैंकको भएको छ। यो बैंकको ३५ करोड ५४ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ। सर्वाधिक शेयरभाउ बढेहरुमा पनि वाणिज्य बैंकहरु नै धेरै छन्। सर्वाधिक १० कमाउने कम्पनीमा ८ वटा वाणिज्य बैंक छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS