IME Life New

दुई लघुवित्तको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज हुँदैछ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले १३औं वार्षिक साधारण सभा बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा गर्ने जनाएको छ ।

सभाले २५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, यस कम्पनीले जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार शुरु भएको २०७७ असोज २५ गतेपछि कारोबार भई कायम भएका नयाँ शेयधनीहरु तथा थप खरीद गरेको शेयरको हकमा बोनश शेयरमा लाग्ने कर शेयरधनी स्वयमले तिर्नु पर्नेछ ।

Esewa
Crest

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव लगायतका एजेण्डाहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका कात्तिक १२ गतेदेखि २७ गतेसम्म बन्द रहेको छ । यस आधारमा कात्तिक ११ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

त्यसैगरी, आशा लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारण सभा शनिवार बिहान १० बजे फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेष्टुरेण्ट ककनी नुवाकोटमा गर्ने जनाएको छ । सभाले २५ प्रतिशत बोनश शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका कात्तिक १२ गते ९एक दिन० बन्द भइसकेको छ । यस आधारमा कात्तिक ११ गतेसम्मका कायम शेयरधनीले लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS