IME Life New

दुई महिनामा २२ प्रतिशतले घटेको बजारमा कुन उपसमूहमा सर्वाधिक घाटा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैङ्किङ्ग प्रणालीमा तरलता वृद्धि भएसँगै नेपालको शेयर बजारले बुलिस  प्रवृति  समातेकोमा केही समय देखिनै तरलता अभाव र व्याजदर वृद्धिको कारणले समग्र नेपाली शेयर बजारमा ठूलो गिरावट आएको छ । नेपाली एक मात्र दोश्रो बजार  भाद्र २ गते सबै भन्दा धेरै ३१९८ को विन्दुमा बन्द भएको  थियो।

भाद्रको पहिलो साता सर्वाधिक उच्च विन्दुमा पुगेको बजार कार्तिकको पहिलो साता आउदा सम्म नेप्से परिसूचक २५०० मा आएको छ । यो बीचमा नेप्से परिसूचकमा करिव २२ प्रतिशतको गिरावट आएको छ। भाद्र २ गते ३१९८ को विन्दुको बजार कार्तिक २ गते आउँदा २५१० को विन्दुमा आएको छ। 

Esewa
Crest

यो २ महिनाको अवधिमा हाईड्रोपावर उपसुचकमा सर्वाधिक गिरावट देखिएको छ। हाईड्रोपावर  उपसुचकमा करिव ३५ प्रतिशतको गिरावट आउँदा फाइनान्स उपसुचकमा पनि ३५ प्रतिशतकै गिरावट देखिएको छ। इन्भेस्टमेन्ट उपसुचकमा ३४ प्रतिशतको गिरावट आउँदा विकास बैंक उपसुचकमा करिव २८ प्रतिशतको वृद्धि देखिएको छ।

सबै भन्दा थोरै म्युचअल फण्ड उपसुचकमा करिव १२ प्रतिशतको गिरावट आउँदा वाणिज्य बैंकहरुको उपसुचकमा १६ प्रतिशतको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS