IME Life New

दुई पुनर्बीमा कम्पनीको चुक्ता पूँजी कम्तीमा रू‍. २५ अर्ब पुर्‍याउने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन र निर्जीवन बीमकको न्यूनत्तम चुक्ता पूँजी दोब्बर बनाउन निर्देशन दिएको दुई वर्ष नपुग्दै नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको पनि चुक्ता पूँजी दोब्बर तोक्ने तयारी गरेको छ। बीमा नियामक प्राधिकरणले स्वदेशी दुई पुनर्बीमा कम्पनीको स्वधारण क्षमता वृद्धिका लागि न्यूनत्तम चुक्ता पूँजी दोब्बर तोक्ने तयारी गरेको हो ।

प्राधिकरणले पुनर्बीमा कम्पनीका लागि पूँजी वृद्धिको आवश्यक्ता सम्बन्धी अध्ययन प्रतिवेदनको आधारमा चुक्ता पूँजी वृद्धिको निर्णय गर्न लागेको हो । स्वदेशी बीमा कम्पनीको बढ्दो कारोबार र जोखिमको बढ्दो आकारसँगै पुनर्बीमकको वित्तीय सबलता बलियो बनाउन पूँजी वृद्धि आवश्यक रहेको प्राधिकरणको तर्क छ।

Esewa
Crest

प्राधिकरणले यसअघि गत २०७८ चैत्र १० गते जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ न्यूनत्तम चुक्ता पूँजी तोकेको थियो । यी दुबै किसिमको बीमा व्यवसाय गर्ने बीमकलाई २०७९ चैत्र मसान्तभित्र चुक्ता पूँजी वृद्धि गरिसक्न भन्दै प्राधिकरणले जम्मा १ वर्षको छोटो समय सीमा तोकेको थियो ।

पुनर्बीमा कम्पनीको हकमा पनि चुक्ता पूँजी कम्तीमा दोब्बर बनाउनुपर्छ भन्ने राय छ,प्राधिकरणका एक उच्च अधिकारीले भने, कम्तीमा २० र बढीमा २५ अर्ब रूपैयाँसम्म तोकिन सक्छ। उनले स्वदेशी पुनर्बीमकको स्वजोखिम धारण क्षमता बढाउन न्यूनत्तम चुक्ता पूँजी वृद्धि गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन तयार भएको जानकारी दिए ।स्वदेश भित्र र बाहिरको समेत पुनर्बीमा व्यापारको जोखिम भार बहनका लागि वित्तीय सबलता जरुरी भएकाले तत्कालै पूँजी वृद्धि गर्नु जरुरी छ। प्राधिकरणले पुनर्बीमा कम्पनीलाई पनि चुक्ता पूँजी वृद्धिका लागि १ वर्षको छोटो समयावधि दिने तयारी गरेको छ।

हाल सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ छ। यसैगरी निजी क्षेत्रले प्रवर्द्धन गरेको हिमालयन रिइन्स्योरेन्सको चुक्ता पूँजी १० अर्ब रुपैयाँ छ। प्राधिकरणले न्यूनत्तम चुक्ता पूँजी वृद्धि कार्यान्वयनमा ल्याएमा यी दुबै पुनर्बीमकले हालको चुक्ता पूँजीमा दोब्बरभन्दा बढीले वृद्धि गर्नुपर्नेछ। यसका लागि हकप्रद शेयर जारी गर्ने बाहेक तत्काल अर्को उपाय हुनेछैन ।

जलवायू परिवर्तन र उच्च भूकम्पीय जोखिम क्षेत्रमा रहेकाले नेपालको ठूला परियोजना र उद्योगको पुनर्बीमा समर्थन गर्न वैश्विक पुनर्बीमक हिच्किचाउन थालेका छन् । यसको साथै नेपालमा बीमा नियामकको नीतिगत अस्थिरताले पनि वैश्विक पुनर्बीमकलाई नेपाली बीमा बजारमा आकर्षण घट्दै गएको छ। नेपालमा बीमा कम्पनीको कारोबार बिस्तार हुँदै गएसँगै पुनर्बीमा व्यवसायको जोखिम पनि बढ्दै गएको छ। यीनै कारणले विशेषगरी जलविद्युत लगायतका ठूला पूर्वाधार निर्माण परियोजनाको पुनर्बीमा जोखिम बहनका लागि स्वदेशमै पुनर्बीमा पुल निर्माण गर्न समेत विज्ञहरुले सुझाएका छन् ।

पुनर्बीमा कम्पनीको चुक्ता पूँजी वृद्धि भएको अवस्थामा सुधारिएको नेट वर्थको आधारमा पुनर्बीमकले आफ्नो स्वधारण (रिटेन्शन) अनुपात बढाएर थप जोखिम बहन गर्न सक्षम हुने नियामकको भनाई छ।

‘सम्बन्धित शाखाबाट आवश्यक सुझाव सहितको प्रतिवेदन अध्यक्षको सचिवालयसमक्ष पेश गरिएको छ’, प्राधिकरणका एक उच्च अधिकारीले भने,’संभवतः आगामी बोर्ड बैठकबाट यस विषयमा केही ठोस निर्णय हुनेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%
happy

खुसी

4%
sad

दु :खी

5%
amazed

अचम्मित

4%
excited

उत्साहित

5%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS