IME Life New

दुई दिन विदा दिने सरकारको निर्णयलाई बीमा समितिले कार्यान्वयन गराउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले जेठ एक गतेदेखि लागु हुने गरी सातामा दुई दिन विदा दिने निर्णय पछि शैक्षिक संस्था लगायत केहि पक्षहरुले विरोध गरिरहेका छन् । तर बीमा समितिले भने सरकारले गरेको निर्णय अनुरुप सातामा दुई दिन विदा दिने निर्णयलाई कार्यान्वयन गराउने भएको छ ।

नेपाल सरकारको निर्णय अनुरुप बीमा समिति तथा बीमा कम्पनीहरुमा पनि शनिवार र आइतबार दुबै दिन बिदा दिइने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनले भने ‘सरकारको निर्णय अनुसार बीमा क्षेत्रमा पनि दुई दिन विदा दिने निर्णय कार्यान्वयन हुन्छ ।’

Esewa
Crest

व्यवसाय विस्तारको दवावमा रहने बीमा कम्पनीका कर्मचारीहरुलाई भने दुई दिनको विदाले प्रभाव पार्ने देखिन्छ । प्रायः जीवन बीमा कम्पनीका शाखाले शनिवारका दिनमा समेत विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको हुँदा दुई दिनको विदाले उनिहरुलाई भने असर पार्ने देखिन्छ ।

पछिल्ला दिनमा जीवन बीमा कम्पनीको व्यवसायिक बृद्धि खासै हुन सकिरहेको छैन । नेपाल सरकारले इन्धनको खपत घटाउने उद्देश्यले सातामा दुई दिने विदालाई परिक्षणका रुपमा अगाडी सारे पनि यसका विषयमा चौतर्फी टिकाटिप्पणी हुने गरेको छ ।

तर विश्वका अधिकाम्स देशहरुले सातामा दुई दिन सार्वजनिक विदा दिने प्रचलन धेरै छ । धर्म, संस्कृति तथा परम्परा अनुसार विश्वका धेरै देशहरुले आ-आफ्नै हिसावले बिदा दिने गरेका छन् । नेपालमा सातामा ४० घण्टा काम गर्नै पर्ने प्रचलन छ । ४० घण्टा भन्दा धेरै काम लगाउनु पर्यो भने अतिरिक्त पारिश्रमिक दिनु पर्ने व्यवस्था छ ।

सोहि अनुरुप सरकारले कार्यालय समय साढे ९ बजेदेखि साढे ५ बजेसम्म पुर्याएको छ । लामा दिनमा यो समय उपयुक्त रहे पनि छोटा दिनमा यो त्यति धेरै व्यवहारिक देखिदैन । तर सातामा दुई दिन विदा हुँदा घर गृहस्थी भएका अझ महिलाहरुका लागि सबैभन्दा उपयुक्त हुने विज्ञहरु बताउछन् ।

सरकारले परिक्षणका रुपमा अगाडी सारेको यस्तो अभ्यासको प्रभाकारिता कायान्वयनमा आएको केहि समय पछि मात्रै थाहा होला तर अहिले यो बहसकै विषयमा केन्द्रित छ ।

के दुई दिने बिदाले साँच्चिनै बिगार गर्ला ? ईश्वर पोखरेलको लेख

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS