IME Life New

दुई जलविद्युत आयोजनामा लगानीका लागि विद्युत उत्पादन कम्पनीको आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विद्युत उत्पादन कम्पनीले दुईवटा जलविद्युत आयोजनामा लगानीका लागि आह्वान गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै किमाथांका अरुण जलविद्युत आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनामा लगानीका लागि आह्वान गरेको हो। कम्पनीको प्रबन्धपत्र र आयोजना निर्माणका लागि लगानी साझेदारी गर्नेसम्बन्धी कार्यविधि, २०८१ बमोजिम लगानीका लागि आह्वान गरिएको कम्पनीले जनाएको छ।

Esewa
Crest

यी दुवै आयोजनामा स्वपुँजीको कम्तीमा ५१ प्रतिशत लगानी गरी लगानी साझेदार गर्न चाहने नेपाली नागरिक वा नेपाली नागरिक मात्र प्रवर्द्धक रहेको कम्पनी वा प्रचलित कानुनबमोजिम स्थापना भएको संगठित संस्थाले लगानीका लागि प्रस्ताव पेस गर्न सक्ने कम्पनीले जनाएको छ। प्रस्ताव पेस गर्न १५ दिनको म्यान दिइएको छ। लगानीको प्रस्ताव कम्पनीको काठमाडौंको बुद्धनगरस्थित कार्यालयमा पेस गर्न सकिनेछ।

किमाथांका अरुण जलविद्युत आयोजना अर्धजलाशययुक्त ४५४ मेगावाट क्षमताको आयोजना हो। आयोजनाको अनुमानित लागत ९३८० करोड रुपैयाँ रहेको छ।

यसैगरी मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना हो। यसको उत्पादन क्षमता १ हजार ९०२ मेगावाट रहेको छ। यो आयोजनाको अनुमति लागत ४६००० करोड रहेको छ।

कार्यविधिमा उल्लिखित जलविद्युत आयोजनाहरुका लागि सार्वजनिक–निजी साझेदारी ढाँचामा लगानी जुटाउने प्रक्रिया अगाडि बढाउनुपर्ने भएको र त्यसका लागि स्वदेशी क्षमता अभिवृद्धि गर्न तथा स्थानीय लगानीलाई प्रोत्साहित गर्ने प्रयोजनले लगानीका लागि आह्वान गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS