IME Life New

दुई कम्पनीले पाए आइपीओ निष्काशनका लागि बोर्डबाट अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडले आइपीओ निष्काशन तथा विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले सिवाईसी नेपाल लघुवित्तलाई चैत ९ गते र रिभर फल्स पावरलाई चैत १० गते आईपीओ विक्रीका लागि अनुमति दिएको हो ।

लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ विक्रीका लागि बोर्डबाट अनुमति पाएको हो भने रिभर फल्स पावरले ३४ करोड ३० हजार बराबरको ३४ लाख ३० हजार कित्ता आईपीओ विक्रीका लागि अनुमति पाएको हो ।

Esewa
Crest

रिभर फल्स पावरले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा ४९ प्रतिशत शेयर विक्री गर्नेछ भने सिवाईसी नेपाल लघुवित्तले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर विक्री गर्नेछ ।

सिवाईसी नेपाल लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड र रिभर फल्स पावर लिमिटेडको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS