IME Life New

दुई आर्थिक वर्षको लाभांश पारित गर्न नेपाल हाइड्रो एन्ड इलेक्ट्रिकले डाक्यो साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल हाइड्रो एन्ड इलेक्ट्रिकले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले १८औँ र १९औँ वार्षिक साधारणसभा एकैपटक डाकेको हो। सभा साउन ६ गते रुपन्देहीको बुटवलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७८।७९ र २०७९।८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको वित्तीय विवरण अनुमोदन गर्नेछ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७८।७९ का लागि चुक्तापुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश तथा आर्थिक वर्ष २०७९।८० का लागि चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।

Esewa
Crest

सभाले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ऋण सीमा (बैंकको क्रेडिट सुविधा) स्वीकृत गर्नेछ। सभाले बोनस शेयर वितरणपछि कम्पनीको पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS