IME Life New

दमौलीका किसानलाई निःशुल्क पशु बीमा सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । किसानलाई सरकारले दिएको बीमा सुविधाबाट देशका धेरै किसानहले लाभ लिइरहेका छन् । संघीय सरकारले बजेटमार्फत कृषि अन्तर्गत बाली तथा पशु र पंक्षी बीमामा ७५ प्रतिशत अनुदान दिएको छ । प्रदेश तथा स्थानीय सरकारले किसानले व्यहोर्नुपर्ने २५ प्रतिशत अनुदान समेत व्यहोरेपछि कतिपय जिल्ला तथा क्षेत्रका किसानहरुले निःशुल्क बाली तथा पशु बीमा सुविधा पाउन थालेका छन् ।

यसैक्रममा तनहुँका किसानले अबदेखि शतप्रतिशत अनुदानमा बीमा सुविधा पाउने भएका छन् । तनहुँ जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरुआत भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालयले जनाएको छ । भेटनरी तथा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि बीमा कार्यक्रम शुरुआत गरिएको हो । चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको ९० लाख रुपैयाँ बजेटमार्फत कार्यक्रम शुरु भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
“यसअघि जिल्लाभित्रका पशुपालक कृषकले पशुपक्षी बीमाबापतको रकमको २५ प्रतिशत रकम आफैँले व्यहोर्नु पथ्र्यो,” उहाँले भन्नुभयो, “अब यो कार्यक्रम लागू भएसँगै किसानहरुले पशुवस्तुको बीमा गरेबापत कत्ति पनि रकम तिर्नु नपर्ने भएको छ ।” बीमा कार्यक्रमअन्तर्गत एकजना किसानले अधिकतम रु एक करोडसम्मको बीमा गराएबापत लाग्ने खर्च कार्यालयले व्यहोर्ने प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो ।

Esewa
Crest

बीमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशु वस्तुको बीमा गरेको कागजात पेश गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । “किसानले बीमा कम्पनीमार्फत् पशु वस्तुको बीमा गर्छन्, बीमा गरिसकेपछि किसानले बीमाबापत भुक्तानी गरेको नगदी रसिद, बैँक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ,” उहाँले भन्नुभयो, “त्यसबाहेक कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पु¥याएर रकम भुक्तानी गरिदिन्छौँ ।” आर्थिक वर्ष ०७६÷७७ मा ३६ हजार ४२१ पशुपक्षीको बीमा गरिएको केन्द्रले जनाएको छ ।

गत आर्थिक वर्ष जिल्लामा रु ३८ करोड १६ लाख ४५ हजार मूल्य बराबरको पशुको बीमा गरिएको छ । चालु आर्थिक वर्षदेखि बीमा निःशुल्क हुने भएपछि यसतर्फ कृषकको थप आकर्षण बढ्ने भएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बीमाले कृषकलाई सहयोग पुगेको बताउनुभयो । “पशुको मृत्यु भएको खण्डमा बीमामार्फत् राहत पाइन्छ, जसले गर्दा कृषकलाई मद्दत पुग्छ,” उहाँले भन्नुभयो, “मैले विगत सात वर्षदेखि गाईको बीमा गराउँदै आएको छु ।”

चालु आर्थिक वर्षदेखि ती बीमा निःशुल्क हुने भएपछि कृषकलाई राहत मिल्ने उहाँले बताउनुभयो । “चालु आर्थिक वर्षदेखि कृषकले बेहोर्नुपर्ने २५ प्रतिशत पनि सरकारले नै बेहोर्ने भएपछि कृषकलाई उत्साह मिलेको छ,” उहाँले भन्नुभयो । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले भने ग्रामीण भेगमा अझै पनि पशु बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS