IME Life New

दक्षिण एसियाका अन्य मुलुकमा कागजी भुक्तानी घट्दा नेपालमा भने बढ्यो, चेकको प्रयोग बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण एसियाका अन्य मुलुकहरुमा कारोबारमा कागजी भुक्तानी घट्दा नेपालमा भने बढेको पाइएको छ।

नेपाल राष्ट्र बैंकको संलग्नतामा हालै तयार गरिएको ‘पेमेन्ट इनोभेसन एन्ड रिस्क इन् साउन एसिया’ विशेष प्रतिवेदनले यस्तो देखाएको हो। अन्य दक्षिण एसियाली मुलुकको तुलनामा नेपालमा कारोबारको भुक्तानीका लागि चेकजस्ता कागजी उपकरणको प्रयोग बढेको प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

प्रतिवेदनमा दक्षिण एसियाली मुलुकहरुमा भुक्तानीका माध्यमको पछिल्लो ५ वर्ष (सन् २०१८–२२)सम्मको अवस्थाबारे अध्ययन गरिएको छ। यो ५ वर्षमा अरु सबै दक्षिण एसियाली मुलुकमा कागजी भुक्तानीको माध्यम घट्दा नेपालमा भने ३७ प्रतिशतले बढेको प्रतिवेदनमा देखाइएको छ।

प्रतिवेदनअनुसार चेक र डिमान्ड ड्राफ्टजस्ता कागजी भुक्तानी माध्यमको प्रयोग भुटानमा उल्लेख्य रुपमा घटेको छ। त्यहाँ कागजी भुक्तानीको प्रयोग ६४ प्रतिशतले घटेको छ। डिजिटल प्रविधिबाट भुक्तानी बढ्दै जाँदा भुटानमा एटीएम मेसिनको प्रयोगमा समेत उच्च गिरावट आएको प्रतिवेदनमा नदेखाइएको छ। भुटानमा सन् २०१९ मा सर्वसाधारणले १ करोड ४३ लाखपटक एटीएम प्रयोग गरेकोमा सन् २०२२ मा मात्रै २० लाख पटक एटीएमको प्रयोग गरेको पाइएको छ।

यसैगरी कागजी भुक्तानीको प्रयोग भारतमा ४० प्रतिशत, श्रीलंकामा ३४ प्रतिशत, पाकिस्तानमा १६ प्रतिशत र बंगलादेशमा ५ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ।

त्यसो त नेपालमा पछिल्लो समय कारोबारमा विद्युतीय भुक्तानीको प्रयोग भने उल्लेख्य वृद्धि भएको छ। डिजिटल वालेट, मोबाइल मनी, क्यूआर कोड, मोबाइल बैंकिङलगायतबाट हुने भुक्तानी उच्च दरमा वृद्धि भइरहेको प्रतिवेदनमा उल्लेख छ। नेपालमा क्यूआर कोडको प्रयोग ५ गुणासम्म बढेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS