IME Life New

थपिए ६ हजार ९३९ जना कोरोना संक्रमित, ७ हजार २२६ जना संक्रमणमुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जना नयाँ कोरोना संक्रमित देखा परेका छन् । कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार ९९२ जनाको पीसीआर–एन्टिजेन परीक्षणमा ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

२० हजार ४१४ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ६ हजार ७३१ र ५ सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ हजार २२६ जना निको भएर घर फर्किएका छन् । थप १ सय ६ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS