IME Life New

त्रिभूवन विमानस्थलमा चापले पर्याप्त उडान सेवा दिन जहाज कम्पनीलाई सकस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभूवन विमानस्थलमा जहाजको चापले जहाज उडान र अवतरणमा ढिलाई हुँदा जहाज कम्पनीले क्षमता अनुसारको उडान सेवा दिन सकेका छैनन् । स‌ंघीय राजधानीको एक मात्र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य दुबै तर्फका जहाज उडान र अवतरण गर्नुपर्दा आन्तरिक हवाई उडान सेवा ढिलो हुन थालेको छ।

वैदेशिक रोजगार, उच्च शिक्षा, घुमघाम लगायतकाे लागि विदेश यात्रा गर्ने यात्रीका कारण अन्तर्राष्ट्रिय उडानको चाप बढेपछि आन्तरिक उडानमा प्राविधिक समस्या देखा परेको हो । विमानस्थलमा अवतरण र उडानका लागि अन्तर्राष्ट्रिय विमानलाई प्राथमिकता दिनुपर्छ। अर्को तर्फ उडान र अवतरणका लागि जम्मा दुईवटा रन वे भएकाले पनि एकै समयमा पर्याप्त विमानहरु उडान र अवतरण गर्न पाउँदैनन् । विमानस्थलको ट्याक्सी वे बिस्तारका लागि निर्माण कार्य जारी रहेकाले केही समयदेखि उत्तर तर्फबाट विमान अवतरण र उडानमा रोक समेत लगाइएको छ।

Esewa
Crest

दुई पटक उडान भर्न सकिने समयमा जम्मा एक पटक उडान भई रहेको छ, एक जहाज कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, भएका जहाजसँगै जनशक्तिको पर्याप्त सदुपयोग गर्न नसक्दा सबैलाई लस हुन्छ।

त्रिभूवन विमानस्थलमा जहाजको चाप कम गर्नका लागि नागरिक उड्ययन प्राधिकरणले ठूला जहाज कम्पनीहरुलाई आफ्नो जहाजमध्ये केही जहाज राजधानी बाहिरका विमानस्थलहरुमा जहाज पार्किङ गर्न र त्यही आधार बनाएर उडान र अवतरण गर्न बाध्य बनाएको छ। यति गरि सक्दा पनि देशैभरबाट काठमाडौं आउजाउ गर्ने यात्रुको संख्या अन्य विमानस्थलको तुलनामा अत्यधिक भएकाले यो विमानस्थलमा आन्तरिक उडान र अवतरणमा पनि ट्राफिक चापको दबाब छ।

नारायणगढ बुटवल, काठमाडौ‌ हेटौडा छोटो मार्ग मुग्लिङ पोखरा जोड्ने प्रमुख राजमार्ग खण्डहरु लामो समयदेखि धुलाम्ये र निर्माणाधीन भएकाले पछिल्लो समयमा हवाई मार्गबाट यात्रा गर्नेको संख्या बढेको छ। यात्रुको चाप बढेकाले हौंसिदै जहाज कम्पनीले जहाज थप्ने क्रम जारी छ। लामो दूरीको उडान भर्नका लागि पछिल्लो वर्ष तीनवटा जहाज कम्पनीले ६ वटा ठूला जहाज भित्र्याई सकेका छन् । बुद्ध एयरले एउटा र यति एयरले दुईवटा एटिआर ७२ विमान र श्री एयरलाइन्सले २ वटा बम्बार्डियर विमान भित्र्याएको छ। यस बाहेक छोटो दूरीको हवाई उडान सेवाका लागि नयाँ हेलिकप्टर समेत भित्र्याइएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS