IME Life New

त्रिभुवन विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित ३ चिनियाँ नागरिक पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित ३ चिनियाँ नागरिक पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार सोमबार साँझ ती चिनियाँ नागरिकलाई सुनसहित पक्राउ गरिएको हो। उनीहरु एयर अरेबियाबाट सारजाहदेखि काठमाडौं आएका थिए।

Esewa
Crest

पक्राउ पर्नेमा झियान झोङ, साट नेइङ टुन र एई एनगोन फु छन्। भन्सार ब्यागेज क्षेत्रमा उनीहरुकोे लगेज रिचेक गर्ने क्रममा १२ थान स्पिकरमा लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणमा सुन फेला परेको कार्यालयले जनाएको छ।

त्यसपछि भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको हो। पक्राउ परेका तीनैजनालाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS