IME Life New

तेह्रथुम पावरले डाक्यो वार्षिक साधारणसभा, १००% हकप्रद शेयर जारी गर्ने मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तेह्रथुम पावर कम्पनीले छैटौँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चाल समितिको शुक्रबार (मंसिर १५ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २१ गते आयोजना गर्ने निर्णय गरेको हो सभा काठमाण्डौको बत्तीसपुतलीस्थित कम्पनीको कार्यालयमा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले कम्पनीको चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०७९/८० को कम्पनीको वार्षिक प्रतिवेदन र वित्तीय विवरण स्वीकृत गर्नेछ।

नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन, परिवर्तन तथा कुनै किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा संशोधन र परिवर्तन गर्ने सम्पूर्ण कार्य गरी अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभाका लागि कम्पनीले मंसिर २८ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। मंसिर २८ गतेभन्दा अगाडि कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS