IME Life New

तेस्रो लगानी सम्मेलन सुरु, लगानीकर्ताका लागि महत्वपूर्ण अवसरः अर्थमन्त्री

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंमा आइतबारबाट तेस्रो लगानी सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन्।

उद्घाटन क्रममा अतिथिहरुलाई स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले लगानीका लागि नेपाल उपयुक्त देश रहेको बताए। ‘यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर पनि हो’, उनले भने।

Crest

अर्थमन्त्री पुनका अनुसार सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजना सोकेसमा राखिनेछन्। ‘हालैका वर्षहरुमा नेपालको अर्थतन्त्रका सूचकहरुमा सुधारउन्मुख रहेको छ’, उनले भने, ‘अहिले नेपालको औद्योगिक र पूर्वाधार क्षेत्रमा लगानीका लागि उपयुक्त छन्।’

पछिल्ला केही वर्षदेखि नेपालले स्वच्छ ऊर्जा, आईटी, पर्यटन, कृषि, एग्रोमा आधारमा उद्योगहरुमा फड्को मारिरहेको अर्थमन्त्री पुनको दाबी छ। ‘हामी विदेशी लगानीकर्तालाई स्वागत गर्न चाहन्छौँ’, उनले भने।

सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ता सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS