IME Life New

तुलसीराम ढकाल भन्छन्ः वर्ष २०२४ शेयर बजारका लागि सुखद् रहन्छ, नयाँ उचाइ चुम्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको शेयर बजार वर्ष २०२३ मा साइडवेजमै चल्यो। बजार १८०० देखि २२०० को विन्दुबीचमै घुमिरह्यो। पछिल्लो समय भने अर्थतन्त्रमा देखिएको सुधार र राष्ट्र बैंकले कसिलो नीतिगत व्यवस्थालाई लचिलो बनाउँदै लगेपछि शेयर बजारमा पनि सकारात्मक महौल सिर्जना भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल वर्ष २०२४ नेपालको शेयर बजारका लागि सुखद् रहने बताउँछन्। ‘यो वर्ष शेयर लगानीकर्ताका लागि फलिफाप नै हुन्छ किनकि सबैतिर सकारात्मक महौल बनेको छ’, उनले भने।

Esewa
Crest

अध्यक्ष ढकाल अर्थतन्त्रमा सुधार हुँदै जानु, राष्ट्र बैंकले नीतिगत व्यवस्थाहरु खुकुलो पार्दै जानु र ब्याजदर घट्दै जाँदा लगानीकर्ताको मनोबल बढ्दै गएकोले पनि शेयर बजार यो वर्ष सकारात्मक नै रहने बताउँछन्। ‘अहिले विदेशी मुद्राको सञ्चित पनि पर्याप्त रहेको छ, शोधानान्तर स्थिति पनि बचतमै छ’, उनले भने, ‘ब्याजदर पनि घटिरहेको छ । माघमा अझै घट्छ । यसले लगानीकर्तालाई ऋण लिएर लगानी गर्न सहज हुन्छ।’

अर्कोतिर असहज परिस्थितिमा उच्च ब्याजदरमा एफडीमा पैसा राखेकाहरुले पनि अब पैसा झिकेर शेयर बजारमा लगानी गर्ने वातावरण सिर्जना भएको ढकालको भनाइ छ। ‘किनकि अब एफडीमा भन्दा शेयर बजारबाट बढी रिटर्न आउने महौल बनिसकेको छ’, उनले भने, ‘त्यसैले अब शेयर बजारमा नयाँ पैसा आउने भएकोले सकारात्मक महौल सिर्जना हुन्छ।’

अहिले बैंकहरुमा तरलता फालाफल रहेकोले शेयर लोन अब बढ्ने अध्यक्ष ढकाल बताउँछन्। ‘बैंकमा पैसा थुप्रिनु र ब्याजदर पनि घट्नुले अब शेयर लोन बढ्छ’, उनले भने, ‘जब बजारमा लगानी बढ्न थाल्छ तब दैनिक कारोबार पनि बढ्दै जान्छ। यसले बजारलाई लयमा फर्किन टेवा पुग्छ।’

वर्ष २०२४ मा नेपालको शेयर बजारले नयाँ उचाइ चुम्ने विश्वास ढकालको छ। ‘लामो समयदेखि बजार साइडवेजमा चल्यो, अहिले सबैतिर सकारात्मक महौल बनेको छ’, उनले भने, ‘त्यसैले यो वर्ष बजारले यसअघिको अल टाइम हाई ब्रेक गरेर नयाँ उचाइ चुम्नेमा म विश्वस्त छु।’
ढकालका अनुसार अहिले बजार प्रवेश गर्नका लागि उपयुक्त समय रहेको छ। ‘अहिले बजार प्रवेश गर्नेहरुले वर्ष २०२४ भित्रै राम्रो प्रतिफल निकाल्न सफल हुनेछन्।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS