IME Life New

तीन कारोबार दिनमै ३०% बढ्ने शेयर कुन ? (सर्वाधिक मूल्य बढ्ने कम्पनीको सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता तीन कारोबार दिनमात्र शेयर बजार खुला भएको थियो। तीन कारोबार दिन खुलेको बजारमा केही कम्पनीको शेयरमूल्य भने ३० प्रतिशतसम्मले वृद्धि भएको छ।

यो साता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य २९.८५ प्रतिशतले वृद्धि भएको छ। गत साता २१९७.९० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता २८५४ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ६५६.१० रुपैयाँले बढेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य २८.२६ प्रतिशतले वृद्धि भएको छ। गत साता १९३३.५० रुपैयाँमा बन्द भएको बैंकको बजारमूल्य यो साता २४८० रुपैयाँमा बन्द भएको छ। यो साता बैंकको बजार मूल्य प्रतिकित्ता ५४६.५० रुपैयाँले बढेको छ।

तेस्रोमा ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य २५ प्रतिशतले वृद्धि भएको छ। गत साता १४८० रुपैयाँमा बन्द भएको बैंकको बजारमूल्य यो साता १८५० रुपैयाँमा बन्द भएको छ। यो साता बैंकको बजारमूल्य प्रतिकित्ता ३७० रुपैयाँले बढेको छ।

चौथोमा सिक्लेस हाइड्रोपावरको शेयरमूल्य १९.७८ प्रतिशतले वृद्धि भएको छ। गत साता १००६.५० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १२०५.६० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १९९.१० रुपैयाँले बढेको छ।

यो साता तीन कारोबार दिनमा १५ कम्पनीको शेयरमूल्य १० प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%
happy

खुसी

22%
sad

दु :खी

44%
amazed

अचम्मित

11%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS