IME Life New

तीनकुनेमा प्रदर्शन कार्यक्रम गर्न अनुमति दिइएको छैनः काठमाडौं प्रशासन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा प्रदर्शन कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको स्पष्ट पारेको छ। काठमाडौं प्रशासनले एक विज्ञप्ति जारी गर्दै गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान नगरिएको स्पष्ट पारेको हो।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शुक्रबार काठमाण्डौको तीनकुने क्षेत्रमा भेला जम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेशन गर्ने, सामाजिक सम्पत्तिमा क्षति पुर्याउने र शान्तिसुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा गम्भीर ध्यानार्षण भएको पनि प्रशासनले जनाएको छ।

Esewa
Crest

शान्तिसुरक्षामा गम्भीर असर पर्ने गरी प्रचलित कानुनविपरीत गतिविधि गरेमा कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ। त्यस प्रकारका गैरकानुनी गतिविधिमा सहभागिता नजनाउनु पनि प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS